प्रतिष्ठान अध्यक्ष रिता थापालाई गायिका ज्योति मगरको काउन्टर, विचौलिया कलाकारमा नयाँ तरङ्ग !

म्यूजिक खबर
प्रकाशित: ८ माघ २०८०, सोमबार
jyoti magar_rita thapa magar

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा गायिका रिता थापा मगर अध्यक्ष भएर आएपछि विभिन्न नीति तथा योजना सार्वजनिक गर्दै चर्चामा छिन् । अध्यक्ष थापाले कहिले विसंगती विकृतिविरुद्ध, कहिले आफ्नै पूर्व कार्यकालका गतिविधिका विरुद्ध आवाज उठाउँदै आएकी छन् भने कहिले ट्रयाकबिना अर्काको गीतसंगीत प्रयोग गरेर ‘लोकप्रिय’ र ‘चर्चित’को ट्याग बोक्ने कलाकारलाई लक्षित गर्दै प्रतिष्ठानको तर्फबाट नीतिगत विचार व्यक्त गदै आएकी छिन् । यतिखेर ‘मेला महोत्सवमा भएको नाम कटुवा र खाम कटुवा’को विषयमा चर्चामा छिन् । दुई दिनअघि मात्र अध्यक्ष थापालेः ‘निरीह राज्य, गैरजिम्मेवार आयोजक, ठेकेदारको मनोमानी र हामी मध्यकै केहीको गैरजिम्मेवारपन अनि केही थान खाम कटुवा धमिरेका कारण धेरै स्थापित कलाकार पलायनको संघारमा छन् । अति गर्नु अत्याचार नगर्नु !! संघर्ष र क्रान्तिको नगरा घन्किनेवाला छ । चेतना भया !’ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखिन् ।

अध्यक्ष थापाको फेसबुकको यो स्टाटसले चर्चा पाइरहँदा कता कता प्रतिष्ठानकै केही हर्ताकर्तातिर पनि लक्षित देखिन्छ । जिल्लातिर हुने मेला महोत्सवमा धेरै ठेकेदारीप्रथा प्रतिष्ठानसँगै जोडिएका व्यक्तिहरुसँग पनि रहेको र व्यक्तिगत द्वेषका आधारमा या सँगैसँगै एउटै गीतमा आवाज भरेको हुँदा आफूले गाउन नपाउने भएका कारण पनि ‘नाम कटुवा र खाम कटुवा’ भएको व्यापकता पाइरहेको देखिन्छ । जे होस् प्रतिष्ठानको अध्यक्ष भइसकेपछि यत्तिको बोल्ने आँट र साहस गर्नु आफैंमा सह्रानीय काम भएको चर्चा पनि भइरहेको छ ।

त्यसैगरी, गायिका ज्योति मगर विभिन्न समयमा चर्चाको शिखरमा हुने गर्छिन् । उनको ग्ल्यामरता, स्टेजको प्रस्तुतिकरणले मात्र नभएर तार्किक विचारले पनि चर्चा पाउँदै आएको छ । यतिबेला गायिका ज्योतिले ‘नाम कटुवा र खाम कटुवा’को विषयलाई लिएर प्रतिष्ठानको अध्यक्ष रिता थापालाई काउन्टर दिएकी छन् । उनले मेला महोत्सवमा पर्न, प्रस्तुति दिन आफैं सक्षम हुनुपर्ने कुरालाई पनि लिएर यसरी फेसबुकमा स्टाटस लेखेकी छन् किः राम्रा र हाम्रा कलाकार, खाम कटुवाका मिडिएटर, नाम कटुवाको विषयमा आफैं सक्षम भएर नाम हटाउन नसक्ने बन्नुपर्ने विषयमा ज्योति मगरले जवाफ दिएकी छन् । उनले ४ प्रकारका कलाकारको वर्गीकरण गर्दै आफू सक्षम नहुँदा अरुलाई दोष लाउनु उचित नहुने भन्दै प्रतिष्ठानको अध्यक्ष रिता थापालाई काउन्टर दिएकी हुन् ।

वास्तवमा यो काउन्टर थापाको स्टाटससँग जोडिएका ठेकेदार, कलाकार र ठकेदार बीचमा खाम कटुवा गर्ने विचौलिया, राम्रा भन्दा हाम्रा कलाकार भन्नेहरुलाई बढी लक्षित देखिन्छ । त्यस्तै अर्काको ट्रयाक बोकेर आफूलाई लोकप्रिय भन्ने कलाकारहरुलाई सबकका रुपमा पनि अध्यक्ष थापाको स्टाटस र गायिका ज्योति मगरको स्टाटस बढी महत्वपूर्ण भएको देखिन्छ ।

ज्योति मगरले फेसबुकमा लेखिएको स्टाटसमा यसरी लेखेकी छन् की : खाम कटुवा यानिकी कलाकार र आयोजकलाई कम्यूनिकेट गर्ने मिडियटर जसले तपाईंलाई कति पैसामा कार्यक्रम गर्ने भनेर तय गर्छ जस्तो को २० हजार तपाईं लाई दिलाउन राजी भएपछि आयोजकसँग ३०/४०/५० जति लिएर खाम काटोस तपाईंलाई मतलब विषय होइन । मह काढ्नेले हात चाट्छ । कार्यक्रमको लोभ गर्दै लुसुक्क जाने पछि सहमति कमजोर भएपछि कुरा काट्ने बानी राम्रो भनेर विचार राखेकी छन् ।
त्यस्तै नाम कटुवाको विषयमा अरुले काटेर काटिने अरुले मेटाएर मेटिने खालको नामले मेला महोत्सवमा स्टेजको चिन्ता गर्नु राम्रो होइन । कलाकारको नामले टिकट बिक्री हुन थाल्यो भने कसैले हटाउन सक्दैन भन्दै कलाकारको वर्गीकरण गरेकी छन् । टिकट बिक्ने र दर्सक तान्ने डिमान्डेड कलाकर, स्थानिय कलाकार, नयाँ कलाकार जो आफ्नो प्रमोसन को लागि आफैं लागि पर्नु हुन्छ भन्दै १५ वर्षअघिको आफ्नो उदाहरण पेश गरेकी छन् । त्यस्तै गायिका ज्योतिले आयोजकलाई रिझाएर, ‘गिभ एण्ड टेक’को सम्बन्ध बनाएर कार्यक्रम लिनु विकृति नभएको भन्दै उमेर पुगेका अडल्टहरुले आफैं बुझ्ने भएका कारण उनीहरुको विषयमा चिन्ता लिनु उचित नभएको बताएकी छन् ।

गायिका मगरले पछिल्लो समयमा अहिलेको मेला महोत्सवहरुमा अवसर पाइएन भनेर गाली गर्नुभन्दा पहिले आफ्नो कला र खुबीको पहिचान गर्नुपर्छ भन्दै ‘आदर्शले पेट भरिँदैन नबुझी दोहोरी साँझ र महोत्सवको बारेमा भाषणबाजी नगर्न अनुरोध गरेकी छन् । कलाकारको जिविकोपार्जनका विषयमा अध्यययन गर्दै सरकारीतर्फबाट नीति नियम बसरी संसोधन र कार्यान्वयन हुन त्यता ध्यान दिन अनुरोध समेत गरेकी छन् । उनले स्टेजको एउटा ग्लामर डान्सलाई सामाजिक सन्जालमा सेयर गर्दै यस्ता बिकृती हटाउछम अब भन्दै लाइक र कमेन्ट पाउनु पाउन आदर्शवादी बनेर छाउनु भनेको ….को न्यानो जस्तै हो भन्ने अभिव्यक्ति दिएकी छन् ।

–सबिता पोखरेल

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु