ऋतुको तीज गीत ‘रे पटम भरर’ मा सृष्टिको ठुम्का

म्यूजिक खबर
प्रकाशित: १० श्रावण २०७६, शुक्रबार

काठमाडौं । सुमधुर स्वरकी धनी गायिका ऋतु कँडेलले ‘रे पटम भरर’ बोलको तीज गीत सार्वजनिक गरेकी छिन् । विभिन्न शैली र बोलका तीज गीतहरुको भिडमा उनको यस गीतमा भिन्नै प्रस्तुती यस गीतमा देख्न पाइनेछ ।

अनुशासित गायिकाको छवी बनाएकी ऋतुको ‘रे पटम भरर’ गीतमा लय तथा शब्द लोकराज अधिकारीको रहेको छ । संगीत संयोजक गोविन्द मधुर आचार्य, निर्देशन प्रकाश भट्ट र स्वर ऋतु कँडेलको रहेको छ । यस गीतमा श्रृष्टी खड्काको अभिनय देख्न पाइन्छ । गितलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने सम्पादन विष्णु शर्माले गरेका छन् । साइ भिजन प्रालिले गीतलाई निर्माण गरेको हो ।

हेरौं भिडियोमा :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु