रोहित र एन्जिलाको प्रेममा परिवार बाधक बनेपछि …

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०७९, मंगलवार

काठमाडौं । चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको ‘चुपचाप मन पराएँ’ बोलको गीत सार्वजनिक भएको छ । प्रमोद भट्टराई ‘प्रतिक’को शब्द रचना रहेको गीतमा कृति न्यौपानेको संगीत छ ।
गीतको भिडियोमा रोहित बस्नेतले एन्जिला बानियाँसँग रोमान्स गरेका छन् । भिडियोमा उनीहरुको केमेस्ट्री सुहाएको देखिन्छ । गाउँको एक घनाड्य परिवारको घरमा काम गर्ने कामदार (रोहित) र घर धनीकी छोरी (एन्जिला) बीचको प्रेमलाई गीतमा बुनिएको छ । फिल्मी शैलीमा तयार पारिएको गीतको भिडियो सुन्दर बनेको छ ।
ओम प्रकाश अवस्थीको निर्देशन र कथा रहेको गीतको भिडियोलाई मेघराज मघरातीले खिचेका हुन् । मोडल रोहित बस्नेतले गीतको भिडियोमा बुनिएको कथा धेरै युगल जोडीको वास्तविक कथासँग मेल खाने बताए । उनी यो भिडियो आफ्नो करिअरका लागि कोशेढुंगा सावित हुनेमा विश्वस्त देखिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु