रोइला किङ शिरीष देवकोटाको नयाँ रोइला चौतारी सार्बजनिक

म्यूजिक खबर
प्रकाशित: १४ माघ २०७६, मंगलवार

रोइलाको राजा नामले परिचित शिरीष देवकोटाको पछिल्लो एल्बम चौतारी सार्बजनिक भएको छ। शिरीष देवकोटाको लय/सब्द संकलनमा देवी घर्ति र शिरीष देवकोटाको आवाज रहेको उक्त गीतको संकलनमा उहाकै आमा टुल्कादेवी देवकोटाको सहयोग रहेको छ । बिनोद बाजुरालीको एरेञ्ज, मालश्री स्टुडियोमा रेकर्ड भएको उक्त गीतको भिडियो निर्देसन स्मृति तिमिल्सिना “गुरुआमा” ले गर्नु भएको हो । भिडियोमा बन्दना नेपाल र तेजेन्द्र गौतमको अभिनय रहेको छ । प्रकाश धमलाको सम्पादन र सुरेश श्रेष्ठको छायांकन रहेको उक्त भिडियो गुरुआमा फिल्म्सको युटूब च्यानल बाट सार्बजनिक गरिएको छ । गीतमा बिसुद्द माया प्रेमको बिसयलाइ मौलिक लय सब्द मार्फत प्रस्तुत गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु