रोमान्टिक गीत ‘पानी पर्दा छाता ओढ्दा’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २० माघ २०७७, मंगलवार

काठमाडौं । गायक कृष्ण थापाको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा बिरेन्द्र कार्कीको शब्द तथा लय रहेको छ । गीतमा कर्साङ्ग लामाको एरेन्जर र भोला पौडेलको रेकर्डिङ तथा मिक्सिङ रहेको रहेको छ ।

गोविन्द लामा, वीरमान लामा र निलिमा भट्ट अभिनित यस म्युजिक भिडियोमा लक्ष्मी राईको निर्देशन रहेको छ ।

चन्द्रबहादुर पाँडेले म्युजिकको छायांकन गरेका हुन । बादल राईको सम्पादकमा निर्मित उक्त म्युजिक भिडियो गीर्त ग्लोबल निउज लाइभ युट्युब बाट सार्वजनिक भएको हो ।

गीतमा पवित्रा भट्ट , इशान परिवारले पनि सहयोगी भुमिका निभाएका छ्न ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु