काठमाडौं । गीतकार रोज लामा योञ्जनले ‘मेरो माया सजाउँदा’ बोलको गीत सार्वजनिक गरेका छन् । सार्वजनिक गीतमा संगीत तथा संगीत संयोजन सुनिल राईले गरेका छन् भने गीतमा शशि किरातीको स्वर रहेको छ ।
लामो समयदेखि गीत लेखनमा सक्रिय गीतकार रोज लामा योञ्जन विदेशी भुमीमा रहेर पनि नेपाली गीतसंगीतमा टेवा पुर्याईरहेका छन् । उनी हाल कतारको दोहामा छन् ।
सार्वजनिक गीतको छायांकन, सम्पादन सुवास लिम्वुले गरेका हुन् । रोहित लाम्गादेको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आयसा क्षेत्री र नहिम अलीले अभिनय गरेका छन् ।
गीतकार रोज लामा योन्जनको अर्को गीत ‘तिम्रो नयन’ पनि केही समयअघि युमा आर्टस् नामक युट्युवमा सार्वजनिक गरिएको छ ।