रोशन सिंह र अनु अधिकारीको स्वरमा ‘बस्यो रे माया’

म्यूजिक खबर
प्रकाशित: ७ श्रावण २०७८, बिहीबार

काठमाडौं । गायक रोशन सिंह र गायिका अनु अधिकारीको स्वरमा रहेको बस्यो रे माया आजबाट सार्वजनिक भएको छ । रोशन सिंहको शब्द तथा संगीतमा रहेको यस गीतको संगीत संयोजन भने कमल सौरागले गरेका हुन् । मारुनी डिजिटलमा रेकर्डिङ गरिएको यो गीतलाई कुमार रानाले मिक्सिङ गरेका हुन् ।


यस गीतको म्यूजिक भिडियोमा गरिमा शर्मा र निखिल गौडेलको अभिनय रहेको छ । निशान एसकेको कोरियोग्राफी एवं निर्देशन रहेको यो गीतलाई दिपक गिरीको समूहले छायाँकन गरेको हो । पदम सुवेदीको सम्पादन रहेको यो गीतको भिडियोलाई निखिल गौडेलको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु