रोशन र अन्जु पन्तको स्वरमा आयो ‘झ्यालको पर्दा’ (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: ३ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं । पछिल्लो समय निकै चर्चित गीतहरु लेख्दै आएका गीतकार तथा सञ्चारकर्मी लोकराज अधिकारीको पछिल्लो गीत ‘झ्यालको पर्दा’ सार्वजनिक भएको छ । अन्जु पन्त र रोशन अधिकारीको आवाज रहेको लोक फ्लेभरको गीतलाई अहिलेका चर्चित सङ्गीतकार अर्जुन पोखरेलले संगीत गरेका छन् । रोशन अधिकारीको यो पहिलो गीत हो । पहिलो गीतमा नै गीतकार अधिकारी र संगीतकार पोखरेलले विश्वास गर्नुभएकोमा खुशी व्यक्त गर्दै गायक रोशनले आफूले सकेको मेहनत गरेकोमा स्रोताहरुले पक्कै राम्रो नराम्रो प्रतिक्रिया दिनुहुनेछ भन्ने विश्वास लिएको बताए ।

‘झ्यालको पर्दा’ शिब बिकको निर्देशनमा बनेको डान्सिङ एवं माया प्रेमको कथामा रहेको भिडियोमा प्रियंका कार्की र रोशन अधिकारीको अभिनय रहेको छ भने त्यसलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु