• ‘दिल दुखायौ तिमिले मेरो’ भन्दै आए लोकप्रिय गायक रुद्रसेन

    म्यूजिक खवर
    प्रकाशित: ९ पुष २०७७, बिहीबार

    काठमाडौँ – लोकप्रिय गायक एवं सङ्गीतकार रुद्रसेन विश्वकर्माको नयाँ गित ‘दिल दुखायौ तिमिले मेरो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । रुद्रसेनकै शब्द तथा सङ्गीत रहेको यस गीतमा रुद्रसेन र अन्नु चौधरीको स्वर रहेको छ । भिडियो गायक विश्वकर्माकै अफिसियल युट्युव च्यानल Rudrasen Bishwakarma बाट सार्वजनिक गरिएको हो । गायक रुद्रसेन भोजपुरी र मैथिली गितमा समेत उत्तिकै चर्चित छन्।

    प्रदीपकुमार रसाइलीको निर्देशन रहेको यस भिडियोमा निर्मल न्यौपाने, रिन्चु क्षेत्रि, पवन बराईली र रेणु लिम्बुलाइ फिचर्ड गरिएको छ । नीर कुमारी विश्वकर्मा (सविना) द्वारा निर्मित यस भिडियोको छायाङ्कन योगेश दाहालले गरेका हुन् भने सम्पादन अमृत चापागाईँको रहेको छ । भिडियो हेर्नुहोस :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु