रुद्रसेनको ‘कलियुग के खेल’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २२ श्रावण २०७६, बुधबार

काठमाडौं । गायक रुद्रसेन बिश्वकर्माको स्वरमा नयाँ गीत ‘कलियुग के खेल’ सार्वजनिक भएको छ । उक्त गीतमा शब्द तथा सङ्गीत गायक रुद्रसेन विश्वकर्माकै रहेको छ ।

दर्जनौ चर्चित नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिइसकेका गायक रुद्रसेनले दिवानी एल्बमबाट मैथिली गीत ‘कलियुग के खेल’को भिडियो बजारमा ल्याका हुन् । उक्त गीतलाई बिनय केटुले एरेन्ज गरेका छन् भने दीपक गिरीले छायाँकन गरेका छन् । भिडियोलाई प्रदीप कुमार रसाइलीले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । उक्त भिडियोमा समीता गिरी र सरोज यादबको अभिनय रहेको छ । उक्त गीतको भिडियोलाई मैथिली खुशी युट्युब च्यानल मार्फत बजारमासार्बजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु