• लोकदोहोरी गीतबाट बन्यो चलचित्र ‘रुमालै छ चिनो’

    म्यूजिक खबर
    प्रकाशित: १० पुष २०७५, मंगलवार

    काठमाडौं । गायक रेशम थापाको लोकदोहोरी गीत रुमालै छ चिनो कुनै बेला निकै चर्चित थियो । रिलको जमानामा राम्रो व्यापार गर्न सफल भएको यो गीतको थेगोबाट अहिले भने चलचित्र ‘रुमालै छ चिनो’ बनेको छ । फागुन १० बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ । नेपाली लाउरेहरुको कथा बोल्ने यस ट्रेलरमा नायक सुशान्त कार्की इण्डियन लाहुरेको भूमिकामा देखिएका छन् भने उनको जोडीको रुपमा नबनायिका अप्सना थापा छिन । यसभन्दा अघि यसै फिल्मको ‘ए माया’ बोलको पहिलो गीत सार्वजनिक भएको थियो ।

    चलचित्रको कथा बस्तु सबै रेशम थापाले नै लेखेका हुन् भने चलचित्रमा किशोर खतिवडा, संचिता लुइँटेल, सुशान्त कार्की, अफ्शाना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्षमण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ । ज्योति फिल्म्स्को ब्यानरमा बनेको यस चलचित्रलाई चन्द्र ब. खड्का, दिपक ढकाल र राम पाण्डेले सयुक्त रुपमा लगानी गरेका छन् । यस चलचित्रलाई निर्देशन दिनेश सिंह ठकुरी गरेका हुन् । चलचित्रमा अर्जुन पोखरेल र विरही कार्कीको संगीत रहेको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु