‘रमरम मरौटी’ ले करोड बढी कमाएपछि, टिमको सेलिब्रेसन

म्यूजिक खबर
प्रकाशित: ६ मंसिर २०७८, सोमबार

काठमाडौं । डेढ महिनाअघि सार्वजनिक नेपालीलोक तथा दोहोरी गीत ‘रमरम मरौटी’ लाई युट्युबमा करोडभन्दा बढी पटक हेरिएको अवसरमा यसको निर्माण समूहले शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरी केक काटेर खुसियाली साटेको छ।

सो अवसरमा उक्त गीतको अडियो तथा भिडियोमा आबद्ध कलाकार तथाप्राविधिकलाई मायाको चिनो प्रदान गरिएको थियो। ५० दिनअघि ओबी रायमाझी युट्युब च्यानलबाट अपलोड गरिएको गीत एक महिनामै करोडपटक हेरिएको थियो भने हालसम्म १ करोड २८ लाखभन्दा बढी हेरिएको छ। सञ्चारकर्मी गोपीकृष्ण चापागाईंले सञ्चालन गरेकाथिए।

कार्यक्रममा गीतका गायक तथा संगीतकार खेम सेन्चुरीले छोटो समयमै रमरम मरौटीलाई मिलेको साथ प्रति आभार व्यक्त गरे। गायिका अस्मिता अधिकारीले पनि राम्रो गीत गाउन दिएकोमा यसको समूहलाई धन्यवाद व्यक्त गरिन्।

कार्यक्रममा भिडियोकी कलाकार पूजा शर्माले लोक तथा दोहोरी गीतमा कामगर्दा निकै आनन्दआउने र नेपाली संगीतको स्रोत नै लोकगीतभएको चर्चा गरिन्। ‘कतिपयले मलाई अझै पनि सोध्नुहुन्छ, किन दोहोरीमाकाम गरेको, किन यस्तो गीतहरूमाकाम गर्छौ ? तर नेपालीगीत संगीतको इतिहास हेर्ने हो भने लोकगीतबाटै शुरू भएको हो। त्यसैले, मैले लोक तथा दोहोरी गीतलाई सधैं माया गर्छु’ पूजाले भनिन्।

गीत अपलोड गरिएको युट्युब च्यानलका सञ्चालकओबी रायमाझीले गीतले लगानी उठाएको र केही मुनाफा भएको तर निकै धेरै आम्दानी भने करोड भ्युज पुग्दैमा नहुने प्रष्ट पारे। प्रिन्सेस खरेलको लगानी रहेको गीतमा नेत्र अर्यालको शब्द रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु