• ईन्दिराको ‘बरीलै बरीलै’ (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: १० भाद्र २०७६, मंगलवार

    काठमाडौं । नेपाली नारीहरुको महान् पर्व हरितालीका तीज नजिकिदै गर्दा तीज सम्बन्धि गीतहरु धमाधम सार्वजनिक भइरहका छन् । यही अवसरमा गायिका ईन्दिरा खत्रीको स्वरमा रहेको ‘बरीलै बरीलै’ बोलको तीज गीत सार्वजनिक भएको छ । उक्त सार्वजनिक गीतमा श्याम रपालको शब्द र सबिनराज सेञ्चुरीको लय र विष्णु तामाङको एरेञ्ज रहेको छ । उक्त गीतमा ईन्दिरा खत्री, सबिनराज सेञ्चुरी, टिका नेपाली, र सबिता रामदामको स्वर रहेको छ । ‘बरीलै बरीलै’ बोलको गीतको भिडियोलाई हिमाल सागरले निर्देशन गरेका हुन ।

    उक्त गीतको भिडियोमा सविन, आयुषा कार्की, राजन सेञ्चुरी, सरितालगायतको अभिनय रहेको छ । सार्वजनिक गीतमा डिन राईको कोरियोग्राफी छ भने सुशिल डागीको छायाँकन रहेको भिडियोलाई हिमाल सागरले सम्पादन गरेका हुन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु