• चौथो साधना म्यूजिक रिवार्डको मनोनयन प्रमाण पत्र प्रदान

    म्यूजिक खबर
    प्रकाशित: १ भाद्र २०८०, शुक्रबार

    काठमाडौं । चौथो साधना म्यूजिक अवार्ड (रिवार्ड) – २०८० को उत्कृष्ट मनोनयनमा परेका स्रष्टा तथा सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । राजधानीमा आयोजित एक समारोहकोबीच उत्कृष्ट पाँचको मनोनयनमा परेकाहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

    सामना म्यूजिक क्रियशन प्रालिको अध्यक्ष सामना शाह सभापतित्वमा भएको उक्त कार्यक्रममा वरिष्ठ गायक संगीतकार निर्देशक नारायण रायमाझीको प्रमुख अतिथ्यता रहेको थियो । त्यसैगरी वरिष्ठ गायिका देविका वन्दना, वरिष्ठ साहित्यकार लेखक दामोदर पुडासैनी किशोर, वरिष्ठ रंग पत्रकार शान्तिप्रिय, विशिष्ठ अतिथिका रुपमा रहेका थिए । कार्यक्रममा चित्रकार संगीतकार ज्योति प्रकाश, रंग पत्रकार गीतकार सुमन बैरागी, निर्देशक माधव खरेल लगायतका व्यक्तित्व अतिथिका रुपमा रहेका थिए ।

    साधना म्यूजिक रिवार्डमा १९ विधामा अवार्ड आयोजना गरिएको हो भने कार्यक्रममा दीर्घ साधना सम्मान तथा अन्य विशिष्ट सम्मानहरुसमेत रहने जानकारी गराइएको थियो ।
    कार्यक्रममा स्वागत गर्दै अवार्डका सचिव गोकर्ण लामिछानेले अवार्ड तथा रिवार्ड बारेमा स्पष्ट पारेका थिए । प्रमुख अतिथि नारायण रायमाझीले शुभकामना मन्तव्य राखेका थिए । संचारकर्मी दीपज्योति थापाले कार्यक्रम संचालन गरेकी थिइन् । कार्यक्रमको फाइनल भने असोजको पहिलो हप्ता गरिने अध्यक्ष शाहले बताइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु