काठमाडौं । सामना क्रियशनको आयोजनामा विगत चार वर्षदेखि हुँदै आएको राष्ट्रिय साधना म्युजिक अवार्डमा गीत सहभागीका लागि दर्ता आव्हान गरिएको छ । दुई वर्षसम्म अवार्डलाई सम्पन्न गर्दै आएको यस अवार्डले तेस्रो वर्षदेखि रिवार्डका रुपमा अवार्डलाई प्रस्तुत गर्दै आएको छ । विभिन्न २१ विधामा आयोजना गरिन लागिएको यस अवार्ड दर्शै अगाडि नै सम्पन्न हुने अवार्डका अध्यक्ष सामना शाहले जानकारी दिइन् ।
राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को चौथो संसकरणमा २३ विधा समेटिए पनि यसबर्ष भने २१ विधा समेटिएको छ । उक्त रिवार्डका लागि सामना म्युजिक क्रियसनको कार्यालय अनामनगर, रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको कार्यालय अनामनगर (राजु बोहरा) लगायतका स्थानहरुमा फारम उपलब्ध भएको बताइएको छ ।
गीत सहभागी गराउनका लागि २०७९ बैशाख देखि २०८० फागुन महिना भित्र प्रकाशित भएका गीत हुनुपर्ने छ । अवार्डमा सहभागिता हुनका लागी प्रति विधा रु १ हजार रुपैयाँ लाग्ने र एल्बमको हकमा रु ५ हजार लाग्ने आयोजकले जनाएको छ ।
सामना म्युजिक क्रियशनले नेपाली गीत संगीतमा क्रियासिल कलाकारहरुलाई यस्ता कार्यक्रमबाट प्रोत्साहन गर्नुका साथै सामाजिक तथा गीत संगीतकै क्षेत्र सम्वृद्धिका निमित्त जुटिरहेका व्यक्तित्वहरुलाई समेत सम्मान गर्दै आएको छ ।
तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्डको आवेदन खुला, अनलाईनमार्फत् पनि सहभागी हुन सकिने