‘कलाकारलाई नामले मात्रै पुग्दैन, दाम पनि चाहिन्छ’ भन्ने उदेश्यले ‘म्यूजिक रिवार्ड’ हुने

म्यूजिक खबर
प्रकाशित: ७ बैशाख २०७९, बुधबार

काठमाडौं । कलाकारिता क्षेत्र यस्तो हो जहाँ सामान्य गतिवीधिको पनि चर्चै चर्चा हुने गर्छ । कलाकारितामा नै लागेर मनग्गे नाम कमाएकाको (अपवादलाई छाडेर) दैनिक जीवन भने त्यति सहज छैन । कलाकारिता क्षेत्रमा योगदान पू¥याएको कदर गर्दै थुप्रै संघ संस्थाले उनीहरुलाई सम्मान तथा अवार्ड पनि प्रदान गर्ने गरेको छ । तर नत ती अवार्डका ट्रफीले पेट भरिन्छ न त ती भित्तामा सजाएका सम्मान पत्रले कुनै आधारभुत आवश्यकता पुरा गर्न सक्छ । धेरै सम्मानित कलाकारहरुको पनि अवस्था हुनुपर्ने जस्तो राम्रो नभएको महशुष गरेर नामले मात्रै पुग्दैन, इनाम पनि चाहिन्छ भन्ने उदेश्यले सामना म्यूजिक क्रियशनले म्यूजिक रिवार्ड गर्ने भएको छ ।

नेपाली गीत संगीतको विभिन्न विधामा हुने गरेको म्यूजिक अवार्ड परिमार्जीत सहित म्यूजिक रिवार्ड हुने भएको हो । लामो समयदेखि गीत संगीत क्षेत्रमा सक्रिय संस्था सामना म्यूजिक क्रियशनले यस कार्यको शुरुवात गर्न लागेको हो ।

अग्रज कलाकार प्रति सम्मान र नव प्रतिभालाई प्रोत्सहान गर्ने उद्देश्यका साथ पहिलो र दोश्रो साधना म्यूजिक अवार्ड सफलता पूर्वक सम्पन्न गरिसकेको यस संस्थाले अव भने म्यूजिक रिवार्ड गर्न लागेको कार्यक्रमका आयोजक संस्थाका अध्यक्ष सामना शाहले जानकारी दिएकी छन ।

नेपाली गीत संगीतका साथै यस क्षेत्रमा क्रियाशील स्रष्टा सर्जकहरुलाई निरन्तरता दिनका लागि प्रोत्साहन स्वरुप नेपालमा पहिलो पटक नगद राशी सहितको अवार्ड गर्न लागिएको आयोजक टिमले जानकारी दिएको छ ।

केहि दिनमानै ईच्छुक सर्जकहरुका लागि आवेदनका लागि फाराम वितरण गरि उत्कृष्ट पांचबाट विजेतालाई नगद राशी सहित अवार्ड प्रदान गरिने अयोजक कमिटीका सदस्य सचिव गोकर्ण प्रसाद लामीछानेले जानकारी दिएका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु