बुबाको पदचाप पछ्याउँदै सफलता

म्यूजिक खबर
प्रकाशित: १ श्रावण २०७८, शुक्रबार
santosh-shrestha

काठमाडौं । नेपाली सुगम सङ्गीतको क्षेत्रमा सशक्त सङ्गीतकारहरु मध्ये एक नाम हो सन्तोष श्रेष्ठ । उनले सङ्गीत भरेका धेरै गीतहरुले साङ्गीतिक क्षेत्रमा सफलता प्राप्त गरेका छन् ।

उनै लोकप्रिय संगीतकार श्रेष्ठकी छोरी सफलता श्रेष्ठले आफ्नो बुबाको पदचापलाई पछ्याएकी छिन् । दश वर्षीया सफलताले ‘म हुँ नेपाली’ बोलको देशभक्ती गीत गाएर सङ्गीतको मैदानमा उत्रिएकी हुन् । गीतमा अभिनय समेत सफलताको नै रहेको छ ।
सन्तोष श्रेष्ठको संगीत तथा शब्द रहेको उक्त गीतलाई देबेन्द्र नेवाले एरेन्ज गरेका हुन् । अकष्टिक नेपाल स्टुडियोमा रेकर्ड भएको गीतलाई प्रकाश मिश्रले मिक्सिङ गरेका हुन् ।


हेमप्रभास अधिकारीले निर्देशन गरेको भिडियोलाई समीर थकोरले कोरियोग्राफी गरेका हुन् । सफलता स्वयंले अभिनय गरेको भिडियोलाई अजय रेग्मीको छायांकन तथा टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

सन्तोष श्रेष्ठले केहि वर्ष अघि सुगम संगीतको क्षेत्रमा नौलो आयाम ल्याइदिएका थिए । तिम्ले पराई ठानेपछि गीत संगीतकार श्रेष्ठको जीवनमा कोसेढुंगा सावित भएर देखा प¥यो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु