• डा. कृष्णहरि बरालको शब्द, सन्तोष श्रेष्ठको संगीतमा बालप्रतिभा सफलताको ‘माया देशलाई’

    म्यूजिक खबर
    प्रकाशित: २९ माघ २०७९, आईतवार

    काठमाडौं । पारिवारिक सांगीतिक पृष्ठभूमिबाट उदाउँदै गरेकी गायिका सफलता श्रेष्ठको नयाँ गीत ‘माया देशलाई’ सार्वजनिक भएको छ । बालापनदेखि नै देशप्रतिको माया जगाउँदै राष्ट्रिय स्वाभिमान कायम गराउने अभियानमा गायिका सफलताको यात्रा देखिन्छ । आफ्ना बुबा संगीतकार सन्तोष श्रेष्ठको पदचाप पछ्याउँदै आएकी गायिका श्रेष्ठले यो भन्दा पहिला पनि केही गीत गाइसकेकी छन् । वरिष्ठ गजलकार प्रा.डा. कृष्णहरि बरालको शब्द सिर्जनामा रहेको यस गीतलाई संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका छन् ।
    गीतको भिडियोमा स्मृति तिम्सिना ‘गुरुआमा’को निर्देशन रहेको छ भने सफलता श्रेष्ठ, शिक्षा खड्गी, डिभा बस्नेत, आयुशा श्रेष्ठ र क्रियोना बलामीको अभिनय छ ।

    वीरेन्द्र भाट विपिनको छायांकन र सम्पादन रहेको उक्त गीत उनको दोस्रो गीत हो । यसअघि उनको ‘म हुँ नेपाली’ गीत सार्वजनिक भएको थियो ।

    अनामनगरको नेपाल मेघा स्कुलमा कक्षा ७ मा अध्ययनरत सफलता गीत, संगीत र अभिनयमा उतिकै रूची राख्छिन् । उनी गीत संगीत मार्फत आफ्नो भविश्य कोर्न चाहन्छिन् । गीतको भिडियो गोल्डेन क्रियशनको यूट्यूब च्यानलमार्फत बजारमा आएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु