• मगर समुदायको संस्कृति, भेषभूषा झल्कने गीत ‘माघे मेलैमा’

    म्यूजिक खबर
    प्रकाशित: २९ पुष २०८१, सोमबार

    काठमाडौं । नेपालको तेस्रो ठूलो तथा आदिवासी जनजाति समुदायको पहिलो जाति मगर जाति हो । उनीहरुको भाषा, भेषभूषा, कला, संस्कृति र चाडपर्वको विविधताले सम्पन्न जातिमध्ये एक हुन् । मगर समुदायले विभिन्न चाडपर्वहरू भव्यताका साथ मनाउँदै आइरहेका छन् । माघे सकराती ‘माघे सक्रान्ति’ विशेषतः मगर जातिमा चेलिबेटीको चाड भनेर पनि बुझिन्छ । यसैको अवसर पारेर ‘माघे मेलैमा’ बोलको सुन्दर म्युजिक भिडियो म्युजिकआई युट्युब च्यानलमार्फत दर्शक माझ ल्याईएको छ । म्युजिकआई सौल फेशनको लागि रिमा काउचा मगरको प्रस्तुति रहेको गीत हो ‘‘माघी मेलैमा’ ।

    सागर आले र मेलिना राईको मिठो स्वर संग्रहित गीतमा रुबी सिञ्जली मगर, रिया गुरुङ, तेजेन्द्र दुरा, तेजेन्द्र गुरुङले स्वरमा साथ दिएका छन् भने एमबि मगरको शब्द, एरेञ्ज रहेको छ ।
    श्याम राणा मगर र ज्याजीे मगर मुख्य भुमिकामा देखिएको भिडियोमा सुमिना मगर, मुना मगर, बबिता गुरुङ, आरती गुरुङ, रिबिया गुरुङ, जिना गुरुङ, सोनी तामाङ, कासी गुरुङ, कुसुम गुरुङ, अनिशा मगर, इन्दिरा मगर, अलिशा मगर, आरुषि मगर, पुष्पा मगर, छिमी डोल्मा शेर्पा लगायतका कलाकारले काम गरेका छन् भने निर्देशन रेश्मा थापा मगरको रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु