सागर आलेको “पल्लाघरे काका“ गीत सार्वजनिक ( भिडियो सहित )

म्यूजिक खबर
प्रकाशित: २९ फाल्गुन २०७५, बुधबार

सागर आलेको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । रेम्बो अधिकारीले लेखेका “पल्लाघरे काका“बोलको गीतमा बरिस्ठ हास्य कलाकार सुरबिर पण्डित , अभिनेत्री वर्षा राउत, लेखक स्वयम् अधिकारीको फिचरिङ गरेका छन् । गीतमा टीका दाहालले संगीत भरेका छने भने गम्भीर बिष्ट र सुबोल थापाले निर्देशन गरेका हुन् ।

त्यस्तै नेपाल आइडलको पहिलो संस्करण टप ४ सम्म पुग्न सफल गायक सागर आलेको फ्यान शुभचिन्तक हरुको चाहानालाई मध्यनजर गर्दै लामो समय पछि नयाँ गीतमा आवाज दिएका हुन् । हुनत उनले केही दिन अगाडि मात्र चर्चित भारती “नैना” बोलको गीत कभर गरेर सार्वजनिक गरेका थिए । जुन कभर भिडियोमा धेरै सागर आलेको स्वरको तारिफ गरेको पाइन्छ ।

युवा पुस्तालाई लक्ष्यित गरि तयार पारेको यो गीतले सकारात्मक सन्देश पनि दिएको । उक्त गीतमा अहिलेको युवा पुस्तालाई बिग्रन हुन्न भन्ने चेतनामुलक सन्देश सहित ब्यांङ्ग्यले भरिपूर्ण छ ।

गीतको चर्चा सुटिङ समय देखिनै चलेको थियो । कारण उक्त गीतमा भर्खरै वैवाहिक बन्धनमा बाधिएकी अभिनेत्री वर्षा राउतले विवाह लगत्तै उक्त गीतमा फिचरिङ गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु