• पाचौं सगरमाथा म्युजिक अवार्डको आवेदन फारम खुल्ला

    म्यूजिक खबर
    प्रकाशित: १६ जेष्ठ २०८०, मंगलवार

    काठमाडौं । पाचौं संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८०हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको पाचौं संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
    अर्थ नेपालप्रालिको आयोजनामा हुने अवार्डमा टोखा नगरपालिकाको सहकार्य रहेको छ भने सहारा ग्रुपले टाइटल स्पोन्सर गरेको छ । ज्योतिविकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ ।

    सगरमाथा म्युजिक अवार्डका चार संस्करण भब्य रुपमा सम्पन्न भइसकेको छ । ‘नेपालीकला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’भन्ने मुल नाराको साथहुनलागेको अवार्डमा २०७९ बैशाखदेखी चैत्रसम्मबजारमाआएकागीत संगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले जानकारी दिए ।

    सहारा गु्रपपाचौं सगरमाथाम्युजिक अवार्ड२०८० मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पपविधामा देशभरका कलाकर्मीहरुले सहभागीहुन सक्ने छन् ।
    अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदानगरिने छ । गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई समेत सम्मानगरिने आयोजक संस्था अर्थ नेपाल प्रालिले जनाएको छ ।

    त्यसै एक जनाअग्रज रंग पत्रकारलाई नगदसहित रजतपत्रकारिता सम्मान गरिने छ ।

    अवार्डको आवेदनफारम सगरमाथाम्युजिक अवार्डको अफिसियल वेवसाइटबाट भर्न सकिने आयोजकले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु