• सगरमाथा अवार्डमा गीतकार ढकाललाई लाइफटाइम, बस्नेतलाई सिनियर सिनेमाटोग्राफर अवार्ड

    म्यूजिक खबर
    प्रकाशित: १७ पुष २०७९, आईतवार
    Madhur Basnet

    काठमाडौं । सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ मा विशिष्ट गीतकार श्रीपुरुष ढकाललाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरियो । गीतकार ढकाललाई रु.१७,६९६ नगदराशिसहित सम्मान गरिएको थियो । सम्मान प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, ज्योती विकास बैंकका एजिएम रामहरी आचार्य, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले प्रदान गरेका थिए । त्यस्तै म्यूजिक भिडियोको सुरुवाती चरणका छायाँकार मधुर बस्नेतलाई सिनियर सिनेमाटोग्राफर अवार्ड प्रदान गरिएको थियो ।

    प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको यस अवार्डमा ज्योती विकास बैंकको प्रस्तुती रहेको थियो भने साहारा एपले मुख्य प्रायोजन गरेको थियो । कार्यक्रम टोखा नगरपालिकाको सहकार्यमा सम्पन्न भएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाश अधिकारीले कलाकारको सम्मानको लागि नगरपालिकाले सहकार्य गरेको बताए । साथै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाए । अधिकारीले कलाकारलाई सम्मान गर्न पाउँदा आफु हर्षित भएको पनि बताए ।

    त्यसैगरी वरिष्ठ पत्रकार विजयरत्न तुलाधरलाई सगरमाथा कला पत्रकारिता रजत सम्मान नगद रु. ८८४८ सहित सम्मान गरिएको थियो । त्यसैगरी सगरमाथा कला पत्रकारिता सम्मान कृष्ण भट्टराई, नेमिष गौतम, कल्पना रेग्मीलाई प्रदान गरिएको थियो । सगरमाथा रेडियो पत्रकारिता सम्मान कमला पन्थीलाई प्रदान गरिएको थियो । कार्यक्रममा वरिष्ठ संगीत प्रशिक्षक तिलकसिंह पेलालाई संगीत विशेष सम्मान गरिएको थियो । लोक गायक अमृत सापकोटा, गायक चिरञ्जीवी भण्डारी, गायिका सुनिता गुरुङ, बाल गायिका सफलता श्रेष्ठ, निर्देशक आदित्य बुढाथोकी, गीतकार लोकराज अधिकारी लगायतकालाई सम्मान गरिएको थियो ।

    अवार्ड कार्यक्रममा नेपाली गीतसंगीतका चर्चित एंव हस्तीहरुको उपस्थीति रहेको थियो । कार्यक्रमलाई मेगा टिभीले प्रत्यक्ष प्रसारण गरेको थियो ।

    अवार्ड विजेताहरु
    १. सर्वोत्कृष्ट राष्ट्रिय भाव गीतकार: घनेन्द्र ओझा – परे म मर्छु भोकैले
    २. सर्वोत्कृष्ट राष्ट्रिय भाव संगीतकार: रोशन बान्तवा – गौतम बुद्ध
    ३. सर्वोत्कृष्ट गायक चलचित्र: प्रदाप दास – हर युग होस
    ४. सर्वोत्कृष्ट गायिका चलचित्र: मेलिना राई – सुन्तला
    ५. सर्वोत्कृष्ट गीतकार चलचित्र: राजेश कुमार श्रेष्ठ – हर युग होस
    ६. सर्वोत्कृष्ट संगीतकार चलचित्र: एलिस कार्की – हर युग होस
    ७. सर्वोत्कृष्ट आधुनिक गायक: युवराज चौलागाई – तिम्रो याद
    ८. सर्वोत्कृष्ट पप गायक: आशिष सचिन – सानो सानो कुरामा
    ९. सर्वोत्कृष्ट पप आधुनिक गायक (जुरी) राज सागर – खै कसोरी विझाए
    १०. सर्वोत्कृष्ट पप–आधुनिक गायिका: निशा देशार – पाउ हजुर
    ११. सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष: विरेन्द्र कुमार बलामी – म बाचेको संसार
    १२. सिनियर सिनेमाटोग्राफर अवार्ड: मधुर बस्नेत
    १३. सर्वोत्कृष्ट पप–आधुनिक गीतकार महिला: गीता अधिकारी – स्वास फेरी
    १४. सर्वोत्कृष्ट पप–आधुनिक संगीतकार: योगेश काजी – मलाई हेप्नी
    १५. सर्वोत्कृष्ट पप–आधुनिक संगीतकार (जुरी): शेरा थामी – तिमी बस दिलैमा
    १६. सर्वोत्कृष्ट नव प्रतिभा गायन: सौगातजंग थापा – हाम्रो माया जाल
    १७. सर्वोत्कृष्ट पप–आधुनिक युगल गायन: रिता केसी ÷ प्रविण बेडवाल – तिमी पनि हरायौं
    १८. सर्वोत्कृष्ट पप–आधुनिक मोडल महिला: रोशनी कार्की – विरानो देश
    १९. सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष: कमल सिंह – रुन्न भन्दानी
    २०. सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष (जुरी): विरेन्द्र नौभाग्य – अर्को सार्थी
    २१. सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल महिला: अस्मी थापा – चरी भरर
    २२. सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल महिला (जुरी): प्रनिमा दाहाल – तिम्रै माया
    २३. सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल पुरुष: अंश वर्मा –ए साइली
    २४. सर्वोत्कृष्ट पप–आधुनिक म्युजिक भिडियो निर्देशन: प्रकाश धिताल – भन्नु हुन्थ्यो बाले
    २५. सर्वोत्कृष्ट लोक पप गायक: ओम सुनार – लाहुरे सिपाई दाई
    २६. सर्वोत्कृष्ट लोक पप गायिका: निता आचार्य – रंगीन संसार
    २७. सर्वोत्कृष्ट लोक पप गायिका (जुरी): अन्जु श्रेष्ठ – नहेरे झै गर्ने
    २८. सर्वोत्कृष्ट लोक दोहोरी गायक: नमराज ढुंगाना – पिरतीमा दम छ
    २९. सर्वोत्कृष्ट लोक दोहोरी गायक (जुरी): रामहरी भण्डारी – चुरोट सलाई
    ३०. सर्वोत्कृष्ट लोक दोहोरी गायक (पब्लिक च्वाइस ): जय देवकोटा – माया लाउँछ र त
    ३१. सर्वोत्कृष्ट लोक दोहोरी गायिका: कालिका रोक्का मगर – मुग्लिन पुलतरी
    ३२. सर्वोत्कृष्ट लोक दोहोरी शब्द: विपिन केसी – दाजु भाई
    ३३. सर्वोत्कृष्ट लोक दोहोरी लय: सागर विरही – फुल रसैको
    ३४. सर्वोत्कृष्ट लोक दोहोरी नव गायक: रमेश लामिछाने – हेलम्बुको स्याउ
    ३५. सर्वोत्कृष्ट लोक दोहोरी नव गायिका: रिया घले – बार्दलीमा गम्छा
    ३६. सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष: निक्स शर्मा – सिकारी
    ३७. सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला: एलिना रायमाझी – मैले माया सम्झेर
    ३८. सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल महिला: खुशी थापा – ए मुना
    ३९. सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल महिला (जुरी): अपेक्षा सिंह– नजर नजरको
    ४०. सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल पुरुष: यज्ञराज गिरी – फुर्के जुंगा
    ४१. सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल पुरुष (सन्देश मुलक जुरी): नरेन्द्र सिंह ठकुरी
    ४२. सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक: स्मृति तिमिल्सीना – मुटु बैना
    ४३. सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार (पप÷आधुनिक): अमृत सुनुवार – माया लाग्छ कति
    ४४. सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार (लोक दोहोरी): कृष्णबहादुर थापा – मिठो सारंगी
    ४५. सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन: अनिलकुमार महर्जन – आज किन
    ४६. सर्वोत्कृष्ट नव गितकार पप÷ आधुनिक: विजय खड्का – न बदलिन्छ जीन्दगी
    ४७. सर्वोत्कृष्ट नव गितकार पप÷ आधुनिक (जुरी): सागर बास्तोला– हे धोकेवाज
    ४८. सर्वोत्कृष्ट नव गितकार (सन्देश मुलक लोक दोहोरी): दान आचार्य – बस पियारी
    ४९. सर्वोत्कृष्ट एरेन्जर पप÷ आधुनिक: जीवन बडु – तामा पित्तल
    ५०. सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष (डायस्पोरा): कुमार मिश्र – एउटा कथा

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु