सहिमा र बिक्रमको ‘मोटर सरर’

म्यूजिक खबर
प्रकाशित: १९ चैत्र २०७७, बिहीबार

काठमाडौं । गायिका सहिमा श्रेष्ठ र बिक्रम रानाको स्वरमा रहेको गीत ‘मोटर सरर’ को भिडियो रिलीज भएको छ । अमर वन्तुको शब्द रचना रहेको यस गीतमा राजनराज सिवाकोटीको संगीत रहेको छ ।

सुव्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा दुर्गेश थापा, विजय पुन, गीता ढुंगाना र सजिना श्रेष्ठको अभिनय रहेको छ । सजीनाले यसै भिडियोबाट अभिनयमा डेब्यू गरेकी हुन् । गायक दुर्गेश थापाले यस गीतमा आकर्षक नृत्य गरेका छन् । दुर्गेशको साथमा विजय, गीता र सजीनाको नृत्य पनि उत्तिकै आकर्षक रहेको छ ।

यात्राको क्रममा भेटिएका युवायुवतीहरुबीच शुरु भएको प्रेमलाई गीतको कथामा समेटिएको छ । यो गीतको भिडियोमा प्रमोद के. भण्डारीको कोरियोग्राफी रहेको छ । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । भिडियोकी क्रियटिभ डाईरेक्टर जया शर्मा हुन् । भिडियोका प्रोडक्शन डिजाईनर दिपेन गौतम ‘माईकल’ हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु