बोलिचालीको भाषामा उनिएका शब्द र मौलिक संगीतले दिलायो ‘सस्तो मुटु’ लाई ट्रेण्डिङको पहिलो स्थान

म्यूजिक खबर
प्रकाशित: २१ पुष २०७८, बुधबार

काठमाडौं । युवापुस्तामाझ निकै लोकप्रिय छन्, सज्जनराज वैद्य । उनका प्रायः गीतमा लाखौँ भ्युज तथा हजारौँ प्रतिक्रिया हुने गर्छन् ।
यस्तै हालै सार्वजनिक भएको उनको नयाँ गीत ‘सस्तो मुटु’ लाई पनि दर्शक स्रोताले मन पराइदिएका छन् । सन् २०२२ को पहिलो दिनको अवसर पारेर सार्वजनिक भएको उक्त गीत अहिले युट्युब ट्रेन्डिङको नम्बर एकमा छ। पाँचौ दिन बेलुकी १७ लाख ७० हजारबढी भ्युज कमाइसकेको ‘सस्तो मुटुु’ ले अझै केही समय ट्रेन्डिङमा स्थान बनाउने देखिन्छ।

सज्जनले ‘सस्तो मुटु’ मा केही अलग र नयाँ शैली प्रस्तुत गरेका छन्। गायनशैलीदेखि संगीतसम्म नयाँपन पाउन सकिन्छ।

यो गीतको भिडिओमा सज्जन आफैंले अभिनय पनि गरेका छन्। भिडिओमा उनी विभिन्न लुक्समा देखिएका छन्।

केही दर्शकले उनको गायन शैली र भिडिओ आशा गरिएजस्तो राम्रो नभएको टिप्पणी गरेका छन्।

तर अधिकांशले ‘सस्तो मुटु’ का शब्द एकदमै राम्रो भएको कमेन्ट गरेका छन्। नयाँ पुस्ताको बोलिचालीको भाषामा उतारिएका शब्दहरूले उनीहरूलाई निकै प्रभाव पारेको प्रतिक्रियाहरू भिडिओमा देखिन्छ।

सन् २०१४ मा ‘आज मात्र’आज मात्रु गीतबाट सांगीतिक यात्रा थालेका सज्जनलाई सबभन्दा धेरै चर्चा सन् २०१६ मा आएको ुहवाइजहाजु गीतले दिएको हो। यसको दुई वर्षपछि आएको ‘चिठी भित्र’ पनि स्रोताले मनपराए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु