सकम्बरीको एक “सकिङ्ग” मिडिया विश्लेषण!

म्यूजिक खबर
प्रकाशित: १२ जेष्ठ २०८०, शुक्रबार

रुद्र ढकाल,लिभरपुल, बेलायत।
हुन त मैले आजका दिन सम्म पनि उजमानाकी प्रगतिशील साहित्यकार पारिजातको “सकम्बरी” भन्ने उपन्यास पढेको छैन। तरपनि नेपालतिरका फ्री स्पीचलाई अधिकतम अनि बेपर्वाह रुपले उपयोग गर्ने उपयोगीताबादी तथा चरम उपभोगबादी पत्रकारहरुले झैं यसो जोखाना हेर्दै या गेस गरेकै र हचुवाकै भरमा भन्ने हो भने पारिजातद्वारा लिखित उपन्यासको एउटा चर्चित पात्र, जो आफू शोषित पीडित अवस्थाको बाबजुद पनि अनेक दु:ख र कष्टहरु झेल्दै निरन्तर आफ्नो गन्तब्यमा अगाडी बढीरहेकी हुन्छिन्, सायद उनै पात्रको रोलमोडल वा प्रत्यक्ष परोक्ष प्रभाब या आदर्शभाबले ओतप्रोत भएर प्रकाश सपूतले पनि आफ्नो कृतिलाई “सकम्बरी” नामाकरण गरेका हुन सक्लान् भनी आँखा चिम्लिएर अन्दाज लगाउन सकिन्छ।

आयातित संस्कृति अर्थात् कल्चरल एप्रोप्रियासन (Cultural appropriation) या हाईब्रीड कल्चर अनि रिमिक्स तथा “म्यासप Mashup” संस्कृतिमा रमाई रहेका आधुनिक युवाहरुमाझको स्ल्याङ्गवर्डको भाषा (Slang language) अर्थात् ब्रोकन ईङ्ग्लिशको नेपाली मोडीफिकेशनको रुपले अर्थ्याउंदा “सकम्बरी” शब्दको व्यंग्यात्मक या बिम्बात्मक अनि आलंकारिक डाईलेक्टिक अर्थलाई अलिक बेग्लै रुपले बङ्गयाएर लगाउन पनि सकिन्छ।

यस्तै कुरामा टिङ्करिङ्ग गर्दै भन्दै जाँदा आफ्नो सकम्बरीमा पनि प्रकाश सपूतले आधुनिक नेपाली समाजको सन्दर्भमा नौलो अनि कलात्मक किसिमले ढाल्दा या एप्रोप्रियसन गर्दा पारिजातको सकम्बरी भन्दा बेग्लै तर आधुनिक भर्शनको शोषित पिडित महिला पात्रलाई दोहोरी साँझ या डान्सबारको डबलीमा उभ्याएर उनको अल्लारेपन तथा चरम शोषणको कथालाई अलिक मिश्रित र बेग्लै तर निकै गहीरो र रहस्यमय कुरालाई नाटकीय पाराले देखाउन सफल भएकाछन् भन्ने मेरो साहित्यिक ठ्याम्याई छ।
त्यसोभए सपूतको मेलो ड्रामाकी ड्रामा क्वीन (Drama Queen) कसरी रातारात फूलमयाँ बाट फक्रिएर सकम्बरी बन्छिन् त < यसमा मेरो दृष्टिकोण अलिक फरक छ। म यस मिडियाको झकाशपूर्णटाईटल-नेम (Title name) - "सकम्बरी" बाटै आफ्नो विश्लेषणको शुरुवात गर्छु। …सकम्बरीÚ भन्ने शब्द कसरी चयन भयो या कताबाट आयो होला < भनेर भर्खरै चर्चामा आईरहेको म्युजिक भिडियो "मेलो-ड्रामा" को टाईटल नेम चयनको Etymology अर्थात् शाब्दिक उत्पतिको बारेमा चिरफार गर्ने हो भने, यो शब्द "सक" (Suck) बाट शुरुवात भएको देखिन्छ। अंग्रेजीमा सक (Suck) माने "चुस्नु" भन्ने अर्थ लाग्छ। त्यस्तै अंग्रेजी शब्द बरी (Berry) को अर्को माने गेडाको रुपमा फल्नेवाला एक किसिमको फलफूलको डल्लो (a small, round fruit on particular plants and trees) जस्तै बे-बरी माने "काफल-गेडी" स्ट्राबरी माने भूईंकाफल आदि ईत्यादि जुन गेडा अर्थात् डल्लाकै रुपमा फल्छ। अन्य अर्थ नलागेमा सायद “सकम्बरी” टाईटलको छनौटमा पनि यस्तै गेडागुडीवाला फलफूलका झुप्पाहरु चुस्ने या 'सक गर्ने' या अर्काको गेडागुडीका “झुप्पा-चुप्पा” गर्दै पैसा जति चुसेर सकाईदिने बिचरी "बरी" अर्थात् टीठ लाग्दी भन्ने अर्थ बिम्बात्मक या प्रतिकात्मक रुपले लाग्न सक्छ। अर्को प्रतिकात्मक बिम्ब:सकम्बरीको “गेडा” अर्थात् “धनदौलत” सँगको सम्बन्ध
“छन् गेडा सबै मेरा छैनन् गेडा सबै टेढा” भन्ने प्रचलित उखान टुक्कालाई मसिनेरी केलाउने हो भने पनि पैसा या धनदौलत लाई नेपाली उखानले सिधै “गेडा” मानेको छ। यसलाई अझै मिलाएर भन्नु पर्दा धनसम्पतिको नगद रुप पैसा लाई पूरक हिसाबले “गेडागुडी” भन्न सकिन्छ। सपुतको म्युजिक भिडियो “मेलो-ड्रामा” को टाईटलले पनि अर्काको पैसा धुत्ने या गेडागुडी चुस्ने या ‘सक’ गर्ने बिचरी पात्र भन्न खोजेको पो हो कि (?)भनेर यो बहुआर्थी शब्दको प्रतिकात्मक बिम्ब प्रतिस्थापन गर्दै ६९ (69) किसिमको हिसाबलेआलंकारिक अर्थ लगाउन पनि नसकिने होइन!

जे होस् यो “सकम्बरी” भन्ने शब्द आफैंमा अनेक किसिमको आलंकारिक अर्थ बोकेको बिम्बात्मक या प्रतिकात्मक शब्द हो, जसले द्वेधचरित्र बोकेका पात्रहरु तर्फ इंगित गर्दै भाषागत रुपले पनि आयातित (हाईब्रीड)साँस्कृतिक हिसाबलेअनेकार्थी व्यंग्यात्मक भाबार्थ या प्रतिकात्मक बिम्ब बोकेको हुनुपर्छ होला भनी एक किसिमको लाटोअर्थ लगाउनया गोज्याङ्ग्रो तर्क गर्न पनि सकिन्छ।

यसलाई यस्तै यस्तै दोहोरो तेहरो अर्थ लगाउन सकियोस् भनेर नै होला या आफ्ना दर्शकहरुलाई नाटकीय रुपले समेत दङ्गदाश तुल्याउनलाई अर्थात् सबैलाई सकिङ्गली सर्प्राईज दिनकोलागि सपूतले आफ्नो कृतिको शिर्षकलाई पनि “सकम्बरी” नाम दिएका होलान् जस्तो मलाई लागेको छ।

हुन पनि आजभोली जुकाले झैँ अर्काको धनदौलत सम्पति अर्थात्माथी नै मैले अर्थ्याए जस्तैगरी“गेडागुडी” हरु चुस्ने या सक गर्ने पात्र तथा प्रवृतिहरु (जसलाई अंग्रेजीमा गोल्ड डिगर ‘Gold Digger’ पनि भनिन्छ) नभेटिने होइनन्, प्रसस्तै भेटिन्छन्। भन्न मात्रै नभएको हो, तर आजभोली जताततै सकम्बरै-सकम्बर अनि सकम्बरी नै सकम्बरीपात्र तथा प्रवृतिहरुछन्। यस्तो डरलाग्दो “सकम्बरी प्रथा” ले नेपालभित्र मात्रै हैन झनै नेपाल बाहिर बेलायत, अमेरिका तथा हङ्गकङ्ग देखि सारा यूरोपभरी नै गाँजेको छ। मैले बेलायत बसेर देख्दा र यतातिरको माहोललाई करीब दुई दशक जति भोग्दा, प्रकाश सपूतलाई एकदमै स्पष्टसंगले समाजको सत्य तथ्य कथा भन्न सक्ने दामी र नामूद तथा लोकप्रिय अर्थात् फेमस् स्टोरी टेलरको रुपमा पाएको छु।
यसै भएर हाम्रो समाजको यस्तै यस्तै गहिरा लुकेको बस्ताबिकतालाई मिलाएर साहित्यिक पाराले यो “सकम्बरी” नाम जुराईएको हुनुपर्छ कि भन्ने मेरो अनुमान हो, यसमा कसैको बिमति र असहमतिको तर्क आए भने त्यसलाई कटाक्ष या पूर्पक्ष नगरीकन स-सम्मान कदर गर्नेछु।
“कुरो र गुलो जता जता बटारे पनि बटारिन्छ, या जता सोझ्यायो उतै जान्छ” भने जस्तै हाम्रो प्रसङ्गको कुरोलाई पनि अहिलेको जल्दोबल्दो बिषयबस्तु – सकम्बरीतिरै सोझाउँ होला।

हालसालै युट्युबमा रिलिज हुने बित्तिकै,‘हाल्ने र झिक्ने’ प्रसङ्ग चलिरहेकै बेला आरान प्रोडक्शनद्वारा उत्पादित तथा प्रकाश सपूतद्वारा रचित/निर्देशित “मेलो-ड्रामा” को मिडिया कन्टेन्ट “सकम्बरी” को कथा बस्तु भित्र पनि यस्तै चुस्ने र चुसाउने पात्र अनि प्रवृतिहरुको रात्री कालीन भित्री तर खुलेआम धन्दालाई घुमाउरो नभई सिधै म्युजिक भिडियोको पर्दामा हुलेर मज्जैले पर्दाफास गरिएको पाईयो। जसले गर्दा नेपालको गाउँघर देखि शहर बजार सम्म नै निकै हलचल मच्चिई रहेको पाईएको छ।
यस भिडियोमा एकदिन चर्चित मोडल सेलिब्रेटी तथा ठूलो कलाकार बन्ने धोको तथा महत्वाकांक्षा बोकेकी एउटा “फूलमाया” भन्ने पात्र हुन्छिन् जो कलिवुडकै सबैभन्दा दुर्गन्धित फोहर शहर काठमाण्डू भित्रका काला ब्यापारीहरु, तस्कर तथा ठेकेदारहरु र तिनका मुन्द्रे डनहरु अनि बाहिर-बाहिर देखाउने दोहोरी रेष्टुरेन्टको खोल भित्र अर्कै दोहोरो चरित्रको कालो धन्दा चलाएर बसेका दलाल ब्यापारी बर्गका गोहीहरुको माखे साङ्ग्लो जाल भित्र फस्छिन्।

कलाकारिता भित्रको मजबुरिता र त्यसैको व्यवसायिकता भित्र लुक्दै शहरिया नेपाली समाज भित्र भूसको आगो झैँ सल्किरहेको खुलेआम दलाली र बेश्याबृतिको मार्मिक कथा बस्तुलाई समेटेको यो लघु चलचित्र गीती नाटक अर्थात् मेलो-ड्रामा (Mellow Drama) ले कसरी शहरका सुङ्घुर जस्ता मोटा भद्दा र घीनलाग्दा मान्छेहरुले एउटी गाउँकी निर्धी, निम्छरी, दुब्ली अनि पातली र सोझी केटीलाई आफ्ना मातहतका दलालहरु मार्फत गाउँबाट नै झिकाएर तिनको दुष्चक्रको जालोभित्र फसाउँदै जबर्जस्ति उत्तानो पारेर घ्वाप-घ्वापसंगले घोडा चड्दै तिनका अर्गानिक अस्मिता लुट्दै आफ्नो अतृप्त यौन प्यास मेटाईरहेका हुन्छन् भन्ने कुरालाई निकै पेचिलो र व्यंग्यात्मक शैलीमा उदाङ्गो पारी देखाईएको छ। भिडियोको क्लिपमा उत्तानो पर्दै छट्पटिई रहेको सानो जीव साङ्ग्लोले यही सेक्स ट्राफिकिंगको जालो तथा माखे साङ्ग्लो (चेन) को पूर्ब संकेत गरेको छ।

अर्को दृष्टिकोणबाट हेर्ने हो भने निम्छरी गाउँले केटीले पनि आफू सुपर मोडल तथा कलाकार बन्ने पर्फेक्सनकोलागि विभिन्न बर्गका लोग्ने मान्छेहरुलाई पालैपालो उपयोग गर्दै र पन्छाउँदै छोटै समयमा फटाफट फड्को मार्दै आफ्नो गन्तब्यमा पुगी सकेकी हुन्छिन् भन्ने कुरालाई शृंखलाबद्द किसिमले एकपछि अर्को सीन् लाई नाटकीय ढंगले देखाईएको छ। जे होस् फिल्मको क्लिप सिक्वाईन्सहरुलाई एकदमै राम्ररी सम्पादन गरिएको छ। गीतको न्यारेटिभ भित्र यही कुराको भाब झल्किन्छ।

तरपनि यस लयबद्द मेलो-ड्रामा (Mellow Drama) मा एउटी सोझी गाउँले केटीको असिमित आकांक्षा र त्यसलाई पाउनै पर्ने बाध्यतालाई निकै गहीरो त्रिकोणात्मक दृष्टिकोणले देखाईएको छ। केटाले एकातिर मैले हेर्दा हेर्दै मेरै अगाडी यत्रो चर्तिकला गरीस् भन्दै गीत मार्फत आरीस् गर्दै गुनासो समेत पोखिरहेको देखिन्छ भने अर्कोतिर आफ्नो हैसियत भन्दा बढी हाईफाईको जीबन शैली झल्काउने झुम्का, आँखै खाने गरी टल्किने हिराका औठी, पाउजु बुलाँकी, सुनका बाला आदि गरगहना अनि महँगा लेहेङ्गाका फेशनहरु तथा रातारात रातो स्कूटी कसले किन्दियो? भन्दै ठाडो प्रश्न तेर्स्याईरहेको हुन्छ। बास्तबमा कलाकारको यो तिखो प्रश्नले अस्ति भर्खर गाउँबाट शहर छिरेका र भित्रभित्र सुगरड्याडी (Sugar Daddy) को फन्दामा पुर्याईएका अचेलका आधुनिक तरुनी वर्गहरुलाई नमज्जाले घोचेको छ।

शुरुको ओपनिङ्ग सिक्वाईन्समा गाउँघरमा जन्मे हुर्केकी सोझी युवती आफ्नै गाउँको केटा, जो पहिले देखि नै काठमाण्डू शहर बस्दै दोहोरी साँझमा गीत गाउने पेशा गर्दै आएको हुन्छ, सँग आफ्नै आमाको अनुमतिमा शहरतिरको साईत गर्दै मोटरमा चढ्दै गरेकी हुन्छिन्। उनले आफ्नो त्यो गाउँले केटासँग बस सिटमा बस्दाबस्दै आफू एकदिन सुपर मोडल तथा कलाकार बन्ने महत्वाकाँक्षा देखाउँछिन्। केटाले पनि आफ्नो साहूसँग उनकोलागि काम तथा ट्रेनिंगको बन्दोबस्त भई सकेको कुरा गर्छ। आफूलाई यतिको कलाकार बन्न ८ – १० वर्ष लागेको भन्दै सबैकुरा बिस्तारै हुँदै जाने भन्दै उनको सबै सपनाहरु पूरा गराईदिने बाचा गर्दै उनको तिघ्रा मसारी रहेको देखाईन्छ। यसको मतलब शुरुमा उसैले तिनलाई शहर हिंडेको दिन देखि नै मौकाको फाईदा लिन शुरु गर्छ।
केटीलाई शहर पुर्याउनासाथ् आफूले गाउने दोहोरीमा ट्रेनी वेटरको रुपमा राखिन्छ। त्यसरी वेटरको रुपमा ट्रेनिङ्ग गर्दै गर्दाको बखतमै त्यो सोझी गाउँले केटीलाई टिप्सको बहानामा डनहरु संगको मिलेमतोमा पैसामा पल्काएर थप षड्यन्त्रमा फसाईन्छ। यसमा रेष्टुरेन्टको साहू या मेनेजरले दलालीको भूमिका खेलेको देखाईन्छ। अर्की वेटरले खोसेको पैसाको टिप्स उसलाई नै फिर्ता मिलाई दिएको बहानामा रेष्टुरेन्टको मेनेजर/साहुले नै शुरुमा रेष्टुरेन्टको ट्वाईलेटलागेर जबर्जस्तीकरणी गरेको देखाईन्छ। सायद यस्तो हर्कत त्यो क्षेत्रमा सामान्य रुपले नै दिनहुँ हुने भएकोले नै सपूतले आफ्नो मेलो ड्रामामा जस्ताको तस्तै देखाएका होलान्।

अर्कोतर्फ जागीरलगाईदिने गायक केटाको दृष्टिकोणबाट हेर्दा त्यो गीत गाउने केटो जहाँको तही गीत गाई रहेकै हुन्छ भने उसले जागिरमा सल्काई दिएकी केटी एकाएक उसले हेर्दा हेर्दै उसकै आँखा अगाडी हातहातै पातपातै हुँदै विभिन्न मान्छेहरुको ओछ्यान-ओछ्यान चहार्दै रातारात टप मोडल भई सकेकी देखाईन्छ। यसमा त्यो केटोले एकदमै आरिस् गर्दै उसले गरेको प्रगति कसले गर्दा भएको हो? भन्दै गीत मार्फत घुर्की लाउँदै आफ्नो मनको बह समेत पोखी रहेको देखिन्छ। उसले गीत मार्फत कटाक्ष गर्दै ती मोडलले लगाएको महंगा लेहेङ्गाको फेशन तथा गरगहना झुम्कना, पाउजु, बुलाँकी, महँगा महँगा मोबाईल, घडी, टिभी, स्कूटर आदि विलासिताका सामान रातारात कहाँबाट आयो कल्ले किन्दियो? ती कुराहरु कहाँबाट आए र कसले कसरी किन्दियो < भन्दै मार्मिक गीत मार्फत समाजलाई पर्दाफास समेत गरिरहेको हुन्छ। यसरी "सकम्बरी" मा चढ्दो जोबनसँगै आफ्ना ईच्छा आकांक्षा तथा रहरहरु पूरा गर्न शहर पस्दै गरेकी सामान्य गाउँले केटीहरुको मनोबिज्ञान र महत्वाकाँक्षालाई झल्काईएको छ। यसमा उनिहरुको सरल किसिमको अल्लारेपनसंगै हुर्किंदै गएको असिमित मनोकांक्षा र चाहनाहरु अनि त्यसपछि बढ्दै गएको ईच्छा र अभिलाषाहरुलाई एकाएक देखाईन्छ। शुरुमा वेटरबाट काम शुरु गरेकी केटीलाई टिप्सको बहानामा धनाढ्य डनहरुले कसरी लोभ्याउँछन् र भब्य महलका ओछ्यानहरुमा सुताउँछन् भन्ने कुरालाई नोटको बिटो भित्र लुकाईएको मोबाईल नम्बरले झल्काउँछ। शुरुमा भिडियो सरल किसिमले अगाडी बढे पनि एकाएक नाटकीय ढङ्गले एकदमै कहालीलाग्दो कहानी कहेर चुलिन्छ। जसले जे भने पनि या जे देखे पनि यस भिडियोमा हाम्रो नेपाली समाजमा बिशेष गरी आधुनिक शहरिया जीबनशैली अपनाउ खोज्ने र त्यसलाई नै आफ्नो सफलता ठान्दै जतिबेला जो सँग पनि ओछ्यानमा दोब्रिन खोज्ने अल्लारे केटीहरुको बास्तबिक मनोविज्ञानको पाटोलाई दुरुस्तै देखाईको छ। सकम्बरीमा एउटा सामान्य गाउँले केटीको आधुनिक शहरिया जीबन शैली अपनाउने तथा सेलीब्रीटी मोडल तथा कलाकार बन्ने चाहनाको पछाडी कति धेरै बर्गका पुरुषहरुको हात हुन्छ भन्ने कुरोलाई समेत डरलाग्दो किसिमले उजागर गरिएको छ। अर्कोतर्फ सकम्बरीले शहरिया धनाढ्य बर्गले सोझी गाउँलेकेटीहरु माथि गर्ने चर्को शोषणको चर्चा मात्रै नगरी चारैतिरबाट गरिने ईर्ष्याको पनि चर्चा गरेको देखिन्छ। यसमा उनको सफलतालाई उनका अरु केटी साथीहरुले गर्ने गरेको ईर्ष्यालाई मात्रै नदेखाई उनलाई शुरुमा जागीरमा सल्काई दिने गायक केटाको ईर्ष्यालाई समेत कलात्मक किसिमले देखाईएको छ। आफैले गाउँबाट ल्याएर आफ्नै काम गर्ने दोहोरीमा वेटरको रुपमा जागीर खुवाई दिएको आफ्नै आँखाले देखि रहेको गीत गाउने केटाले उसको आफ्नै आँखा अगाडी हेर्दा हेर्दै देखिरहेको त्यत्रो प्रगतिको नाटकलाई उही मंचमा बसेर गाएर गीतै मार्फत - त्यत्रा प्रगतिका कुराहरु कसरी सम्भब भयो? त्यत्रा महंगा फेशन अनि विलासीका बस्तुहरु र गरगहनाहरु कताबाट कसरी आयो भन्दै उत्तिकै कटाक्ष गर्दै घुर्की पनि लगाई रहेका हुन्छ। तसर्थ छोटो प्रस्तुती भए पनि यो भिडियो एकदमै रहस्यले भरिएको अनि बुझी नसक्नुकै मार्मिक छ। म्युजिक भिडियोको डाईलगमात्रै पेचिलो नभई छायाँकन तथा सम्पादन पक्ष पनि निकै राम्रो र प्रशंसनिय छ। भिडियोमा गाउँले केटी अनेक खाले बिभिन्न बर्गका मानिसहरुको सङ्गतले हातहातै पातपातै एकपछि गर्दै हाँगो चाल्दै तथा डाली-डाली चाहर्दै एक्कासी टुप्पोमै पुगेको कुरा रतिपनि नलुकाईकन छर्लंगै देखाईएको छ। सोझी केटीको जिन्दगीमा रातारात जादुमय ढंगले आईरहेको परिबर्तनलाई त्यो कताबाट कसरी आयो भन्ने कुरा सकम्बरीले निकै सरल तरीकाले ब्याख्या गरेको पाईन्छ। आजभोली यस्ता सकम्बरीहरु नेपालका गाउँ गाउँ र बस्ती बस्तीहरुमा जताततै भेटिन्छन्। उनीहरुको हिंजो-अस्तिभर्खरका दिनहरु र आजभोलीको चुरी फूरीलाई नजिकबाट नियाल्ने हो भने, सकम्बरीले देखाएको जस्तै फूलमायाहरु हरेक गाउँ गाउँ र टोल टोलमा पाईलै पिच्छे भेटिन्छन्। यस कृति मार्फत प्रकाश सपूतले हाम्रो नेपाली समाजमा रातारात मौलाएर फूलिरहेका फूलमायाहरुको चर्तिकलालाई सत्य तथ्य "जे हो त्यही" स्पष्टसँगले देखाउन सफल भएकाछन् यसमा धक मान्न र थप ब्याख्या गरिरहन जरुरी नै छैन। मलाई त टाईटल सुन्दै कता कता काउकुती लाएर आयो! कति मज्जाले मिलाएर जुराईएको टाईटल नाम! सायद निर्देशक प्रकाश सपुतले यो मेरो लेखलाई पूरै पढे भने 'हैन यो मुर्दारले कताबाट हेरेकै झैँ मेरो मन भित्रको कुरो ठ्याक्कै पार्यो!' भनेर मुसुमुसु हाँस्लान्। म ठोकुवा गरेर पुन यही कुरा दोहोर्याउँदै भन्छु कि उनले यो आफ्नो कृतिको टाईटलनेम छान्ने बेलामा उनको दिमागमा पक्कै पनि यही तर्कना तथा दृश्यहरु झल्झल्ती आएर नै उक्त सकिङ्ग खालको बहुआयामिक तथा एकदमै गहीरो अर्थ दिने मिनिङ्गफूल टाईटलनेम् - "सकम्बरी" नै छानेको हुनुपर्छ भन्नेमा शंकै छैन। हुनपनि मैले प्रकाश सपूतको यो म्युजिक भिडियो कृतिले सामान्य पाखाको गाउँले (पाखे) ठिटीको शहर जाने सपना देखि, महँगा फेशन र गहना लगाउने देखि रातो स्कुटर चढ्ने देखि हातहातै-पातपातै हुँदै महँगा कार चढ्ने देखि भब्य महलहरुका ओछ्यान-ओछ्यान चहार्दै आफ्नो असीमित आकाँक्षाहरु जस्तै म्युजिक भिडियोमा खेलेर हिरोनी बन्ने देखि सेलिब्रेटी बन्ने अझै त्यसपछि राजनीतिज्ञ सम्म नै बन्ने धोको तथा महत्वाकांक्षालाई एकदमै सरल र सटिक ढंगले पस्किदिएको पाएँ। जुन आज हाम्रो समाजका वरीपरीका चेलीबेटीहरुको जीबनमा प्रत्यक्ष रुपले नै देख्न सकिन्छ। साच्चै भन्ने हो भने छोटो समयमा जादुमय ढंगले आफ्नो जिन्दगीको पानाहरुलाई नाटकीय परिबर्तन गर्ने सकम्बरीहरु छ्याप्छ्याती भेटिन्छन्। यसमा उनीहरुको गला र कला मात्रै नभई सम्पूर्ण भित्री चर्तिकलालाई नै प्रकाश सपूतले जम्मा १५ मिनेटमा उतार्न सफल भएका छन्। उनले यति छोटो समयको फ्रेम भित्र नेपाली चलचित्र उद्योगले बर्षौं देखि अहिले सम्म देखाउन नसकेको कुरालाई एकैचोटी देखाईदिएकाछन्। अझै राम्ररी मूल्याकन गरेर भन्ने हो भने, आज सम्म ठूलो धनराशी खर्चिएर बनेका ठूला पर्दाका एकसय वटा भन्दा बढी चलचित्रहरुले समेत पर्दामा उतार्न नसकेको कथा बस्तुलाई प्रकाश सपूतले यति थोरै समयको फ्रेम भित्र कैद गर्दै हाम्रो समाजको आम बास्तबिकतालाई खुलेआम पर्दाफास गर्न सफल भएकाछन्। अझै भन्ने हो भने, प्रकाश सपुतको यो म्युजिक भिडियो अपेरा (गीति नाटक) या मेलो ड्रामा (Mellow Drama) हेरेपछि आजसम्म उनी भन्दा अब्बल फिल्मी डाईरेक्टर, कलाकार तथा उनको कलाकारितालाई उछिन्न सक्ने प्रगतिशील डाईरेक्टर या प्रोड्युसर अनि कलाकार आजसम्म नेपालमा जन्मिएकै रहेनछन् भन्ने मलाई लाग्यो। अहिले धेरैले आफ्ना तर्क दिईरहेका होलान् तर कन्जुस्याईं नगरी भन्ने हो भने प्रकाश सपूतको कलाकारिता सर्बसाधारण मानिसले पनि सजिलै बुझ्न सक्ने एकदम सरल तर बास्तबमै ओजिलो र उच्चस्तरीय किसिमले मूल्यांकन गर्न तथा हेर्न लायकको छ। उनले नेपाली समाजमा भित्रभित्र लुकेको तर व्यापक प्रचलित सकम्बरी प्रथाको कहानीलाई एकदमै सरल ढंगले सबैले बुझ्ने गरी प्रस्तुत गरिदिएका छन्। स्याबास्, सपूत! तिमीलाई मेरो हृदय देखि नै धन्यबाद अनि सलाम् छ!! यति भन्दै गर्दा धनाढ्य सुगर ड्याडी (Sugar Daddy) हरुलाई चुस्दै र चुसाउँदै खुशी पार्न पल्किएका सकम्बरी आईमाईको चरीत्रलाई उदाङ्गो पार्दा आम महिलाको अपमान भयो या उनले आईमाईहरुलाई मात्रै टार्गेट गरेर उछित्तो काढ्दै, तिनीहरुलाई मात्रै उस्तो देखाउन खोजेको भन्ने आरोप लाग्न सक्छ। तर उनले यस म्युजिक भिडियोमा पुरुषहरुलाई पनि उत्तिकै दोषी देखाएका छन्। केटीको डाईलग झनै मार्मिक र कडा छ। यसमा उनले सामान्य गाउँले दलालको भूमिकामा आफैंलाई उभ्याएका छन्। अनि शुरुमा आफैंलाई चुसाएका छन्। त्यसपछि बाँदरलाई लिस्नु लगाए झैँ भएकोमा उनको गुनासो छ। उनलाई केटीलै नै ओभरटेक गरेको देखाईएको छ। त्यस्तै दोहोरी साँझ, डान्स बार, क्याबीन आदि चलाउने म्यानेजर तथा ब्यबसायीहरुको दोहोरो भूमिकालाई चरितार्थ गर्दै उनले कसरी उनीहरुले त्यसरी वेटरको रुपमा राखेका आफ्नै सहकर्मी मजदुर तथा कामदारहरुलाई धनाढ्य ग्राहकहरुको यौन स्वार्थकोलागि पदको र पावरको भरमा जबर्जस्ती उनिहरुले भनेको मान्न बाध्य पार्छन् भन्ने कुरालाई पनि एकदमै छर्लंगैसंगले देखाई दिएका छन्। अर्को उपकथा सकम्बरीमा एउटा बच्चाकी आमाले आफ्नो महत्वाकाँक्षा तथा एकदमै भित्र दबिएको चाहना या अभिलाषा या मनोकांक्षा (डिजाएर) ईरादाकोलागि भएभरका च्यानललाई उपयोग गर्दै तथा आफ्नो गन्तव्यमा आफू तल्लीन हुँदै कसरी अगाडी बढिरहेकी हुन्छिन् भन्ने कुरा पनि देखाउन खोजिएको छ। जस्तै उदाहरणकोलागि सकम्बरी उर्फ फूलमायाले आफ्नो बच्चा बिमारी भएर हस्पिटलमा हुँदा पनि बढो उनले कठोर मनले अर्को धरालोलाई पैसा तिरी तिरी आफ्नो पेशातिरै या आफ्नो गन्तब्यतिरै बढीरहेको मार्मिक कहानीलाई पनि कथामा समेटिएको छ। त्यस्तै सकम्बरीले फूलमयाँको गाउँमै बसिरहेको सोझो लोग्नेको मनोदशा तथा शहरमा उनले झुलाएका जम्मै नाठाहरुलाई पनि एउटै डबलीमा गिद्द धुरिए झैं जेलस भावमा उभ्याएर दर्शकहरुलाई देखाएको छ। यो लघु सिनेमाको 'मीज-अन-सीन्' भित्र एक प्रकारले उग्र किसिमको डाँगे सम्मेलन नै हुन्छ। हेर्दाहेर्दै सीनोमा गीद्द धुर्रीए जस्तै डाँगे-डाँगेहरु बीच उग्र किसिमको हात हालाहालको अबस्था नै हुन्छ। रङ्गमंचको डबलीमै सुगर ड्याडीको भूमिकामा उभिएका सुनिल थापाले सकम्बरीलाई नराम्ररी मुक्का हानिरहेको हुन्छ। छाकै टार्नकोलागि चाकै बेच्न पर्थ्यो होला त? भन्दै गायककार केटाले सकम्बरीलाई मज्जैले थुक्छ। यसको जवाफमा सकम्बरीले पनि पाप आफूलाई मात्रै नलागी सारा समाजलाई नै लाग्छ भन्दै गीत गाउनेलाई मूखभरीको जवाफ दिन्छे भने मेलो ड्रामाले हामी सबैकी सकम्बरी समेत भनेको छ। यसको मतलब सकम्बरी प्रथालाई सबैले जिम्मा लिनु पर्ने संदेश दिएको छ, जुन एकदमै पेचिलो छ। यहाँनेर सकम्बरीलाई "हामी सबैकी साझा सकम्बरी" या "नगर-बधू" को आलंकारिक संज्ञा मात्रै नझल्काई सकम्बरी पात्र जन्मनु र जन्माउनुमा सम्पूर्ण दलाल पूँजीबादी समाजकै दोष छ भन्ने भाब पनि झल्काउन खोजिएको छ। जे होस् प्रकाश सपूतले यो मेलो ड्रामा मार्फत नेपालभरी नै सकम्बरी प्रथाले भसक्कै सकेको कहानी कहेका छन्। हुनपनि विदेशको आप्रबासी नेपाली समुदायमा होस् या स्वदेशतिर नै, हाम्रो नेपाली समाजमा अहिले जताततै सकम्बरै-सकम्बर अनि पाईलै पिच्छे सकम्बरी नै सकम्बरीहरु छन्। आज यस्तो डरलाग्दो र उग्र रुपले झाँगीदै गएको अनि नाङ्गिदै र भित्र भित्रै कुहिंदै गएको सकम्बरी प्रथाले गाँजेको नेपाली समाजलाई देख्दा एउटा नेपाली हुँ भनेर सार्बजनिक ठाउँमा उभिनलाई लाज लाग्ने अबस्था छ। तरपनि अहिले विभिन्न मिडियाहरुमा उनीमाथी भएको नाङ्गो प्रहार देख्दा अझैपनि प्रकाश सपूतलाई हाम्रो नेपाली समाजले राम्ररी बुझ्न त के कुरा चिन्न सम्म पनि सकेको रहेनछ जस्तो लाग्यो। तर साच्चै भन्ने हो भने, माओबादी आन्दोलनले भन्दै आएको र पूरा गर्न नसकेको सांस्कृतिक क्रान्तिको अगुवाई पछिल्लो समयमा आएर प्रकाश सपूतले नै गरिरहेकाछन्। किनकि उनले आफ्नो अनुपम अनि उत्कृष्ट तथा अद्वितीय कला मार्फत विभिन्न चरणमा गरेर नेपालमा भईरहेको सांस्कृतिक विसंगति र बिकृतिलाई औंल्याउँदै मिडियाको आधुनिक औजार मार्फत एउटा बिशाल सांस्कृतिक आन्दोलनको अगुवाई नै गरी रहेका छन्। उदाहरणकोलागि उनले यस अघिको आफ्नो कृति "पीर" मा जातीय भेदभाब, छापामार तथा मजदुर बर्गको शोषण तथा स्वयं सिङ्गो माओबादी आन्दोलन नै गलत बाटोतिर गईरहेको कुरालाई सबै जनता सामु उजागर गर्दै औल्याएर माओबादी नेता तथा कार्यकर्ताहरुलाई पथभ्रष्ट हुनबाट सच्चिन खबरदारी गरिदिएका थिए। तसर्थ प्रकाश सपूत नेपालको साँस्कृतिक आन्दोलनका एक होनहार अब्बल सर्जक श्रष्टा मात्रै नभई एक सचेत क्रान्तिकारी अग्रदूत द्रष्टा समेत हुन् भन्दा फरक नपर्ला। उनी भित्रको कला चेत अनुपम, अब्बल, अद्वितीय एबं अनुकरणीय र अति पारखी समेत् छ। साच्चै भन्ने हो भने प्रकाश सपूतको सकम्बरीले रात्रीकालीन रेष्टुरेन्ट तथा दोहोरी-साँझ ब्यबसाय, डान्स बार तथा अन्य मनोरन्जन उद्योगको मात्रै नभई सारा नारी जगतलाई शोषण गर्ने मोडलिंग पेशा, सृंगार तथा चलचित्र उद्योग भित्र हुने महिला माथिको व्यापक शोषण र लैंगिक असमानता तथा यौन हिंशा र आर्थिक शोषणको समेत उजागर गर्दै नेपालको शहरी क्षेत्रमा भित्र भित्रै डरलाग्दो रुपले फैलिदै गईरहेको "सकम्बरी प्रथा" कै पर्दाफास गरिदिएको छ। यसले महिला माथी पुरुषको आधिपत्यमा कोरिने लक्षमण रेखा मात्रिया नभई अब सरकारलाई महिला माथी विभिन्न ब्यपसायिक क्षेत्रमा हुने प्रत्यक्ष अप्रत्यक्ष शोषणको अन्त्य गर्नकोलागि समेत एउटा सशक्त कानूनको सीमा रेखा कोर्न बाध्य पारिदिएको छ। जे होस् नेपालको ईतिहासमा अनि नेपालकै सांस्कृतिक उद्योग भित्रबौद्दिक वर्गबाट समेत यति धेरै चर्चा परिचर्चा बटुलेको कुनैपनि लघु सिनेमा आज सम्म कहिल्यै पनि बनेकै थिएन। अहिले यो बौद्दिक तथा एकेडेमिक क्षेत्रमै चर्चाको चरम चुलीमा छ। किनकि यति धेरै आलोचना र छलफल कुनै पनि कला, कला कर्मी तथा कलाकार या साहित्यकार माथि कहिल्यै भएकै थिएन। यो अर्थमा प्रकाश सपूत नेपालको सकम्बरी प्रथाको बारेमा बोल्ने या भेद खोल्ने सबै भन्दा राम्रो कथाबचक "द बेष्ट स्टोरी टेलर (The Best Story Teller) हुन्। यति मात्रै कहाँ हो र? भन्न नभएको मात्रै हो, जताततै सकम्बरै-सकम्बर अनि सकम्बरी नै सकम्बरीहरु छन्। यस्तो डरलाग्दो "सकम्बरी प्रथा" ले नेपालभित्र मात्रै हैन झनै नेपाल बाहिर बेलायत, अमेरिका तथा हङ्गकङ्ग देखि सारा यूरोपभरी नै गाँजेको छ। मैले बेलायत बसेर देख्दा र भोग्दा मैले प्रकाश सपूतलाई एकदमै स्पष्टसंगले समाजको सत्य तथ्य भन्ने स्टोरी टेलरको रुपमा पाएको छु। प्रकाश सपूतले आफ्नो जादूमय कला तथा रचनाको माध्यामद्वारा अब आउँने भाग-२ मा भने सकम्बरीको ठूला राजनीतिज्ञहरुसँग हुने हिमचिम तथा बार्गेनिङ्गलाई उधिन्ने संकेत दिएका छन्। यसमा क-कसको पर्दाफास हुने हुन् हेर्न बाँकी नै छ। सकम्बरीको ओरिजिनल भिडियो हेर्नकोलागि कृपया यो तलको फिचर फोटोको उजिँडोमा ठुँङ्गनु होला।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु