सालको पातको टपरी’ हिट भएपछि खुशीयाली मनाइयो, सम्पूर्ण टिमलाई उपहार

म्यूजिक खबर
प्रकाशित: ११ पुष २०७५, बुधबार

नेपाली संगीत क्षेत्रमा यतिबेला सालको पात टपरी बोलको गीत सबैको मुखमा झुण्डिएको छ । गीतले १ करोड ५५ लाख भ्युज कमाउन सफल भएको छ । युट्युबमा सार्वजनिक भएको ३ महिनामा यो गीतले करोड भ्यू पाएको हो । लोक संगीत इतिहासमा पाएको यो सफलताको उपलक्ष्यमा गीतको निर्माण पक्षले केक काटेर सेलिब्रेशन गरेको छ । बुधबार राजधानीमा गीतले डेढ करोड बढी भ्यूज पाएको खुशीमा निर्माण पक्षले एक कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा टिमले केक काटेर खुशी मात्रै मनाएन गीतमा प्रत्यक्ष परोक्ष रुपमा जोडिएका सम्पूर्ण टिमलाई नगद उपहार समेत दिइएको थियो ।
कार्यक्रममा गीतका गायक कुलेन्द्र बिश्वकर्मा र संगीतकार बसन्त थापाले गीतकार नवराज पन्तलाई ५० हजारको चेक हस्तान्तरण गरेका थिए । गीतकार पन्त अमेरिकामा रहेकाले सो चेक उनको प्रतिनिधीले बुझेका थिए । त्यस्तै संगीतकार बसन्त थापा र गायक कुलेन्द्र विश्वकर्मालाई समेत ५०÷५० हजार उपहार दिइएको थियो । गीतका निर्देशक शिव बिक र मोडल मरिष्का पोखरेललाई १०÷१० हजार सहित मायाको चिनो प्रदान गरिएको थियो । गीतमा विभिन्न विधाबाट योगदान पू¥याउने सम्पूर्णलाई नगद उपहार दिइएको थियो । त्यस्तै छायाँकार ज्ञानेन्द्र शर्मा र यूट्यूबको सम्पूर्ण पक्षलाई हेर्ने प्राविधिक राजेन्द्र अर्याललाई १०÷१० हजार प्रदान गरिएको थियो भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाललाई भवन निर्माण सहयोगार्थ ५० हजार प्रदान गरिएको थियो । त्यसैगरी महिला तथा बाल विकास मञ्च नेपाल कीर्तिपुरलाई १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो ।


गीतले चर्चासँगै लोकप्रिय बनि डेढ करोड भन्दा धेरै भ्युज पाएको उपलक्ष्यमा गीतका टिमलाई उपहार दिइएको हो । त्यस्तै कार्यक्रममा विशेष आतिथ्यता गरेका नेपाली संगीतको श्रीबृद्धीमा योगदान पू¥याउँदै आएका सर्जकहरुलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा अतिथीहरुले गीतको प्रशंसा गर्दै थप सफलताको कामना सहित शुभकामना मन्तव्य दिएका थिए ।

अभ्यास डिजिटलकी प्रबन्ध राधा निर्देशक मल्ल थापाको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ गायक, संगीतका तथा निर्देशक नारायण रायमाझी, बरिष्ठ गीतकार कृष्णसुधा ढुंगाना, गायिका शर्मिला गुरुङ एरेञ्जर आशिष अबिरलले विशेष आतिथ्यता ग्रहण गरेका थिए । साथै निर्देशक एवं मोडल शंकर विसी, प्रकाश भट्ट, सर्जक एकनारायण भण्डारी, गायिका राधिका हमाल, गायक राजु ढकाल नेपाली सांगीतिक क्षेत्रका थुप्रै चर्चित र लोकप्रिय अनुहारहरु साथै पत्रकारहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संगीतकार एवं गायक नरहरी प्रेमीले गरेका थिए ।
गीतमा चर्चित लोकदोहोरी गायक कुलेन्द्र बिश्वकर्मा र बिष्णु माझीको स्वर छ । नवराज पन्तको शब्द रहेका गीतमा बसन्त थापाको मौलिक संगीत सुन्न सकिन्छ । अभिनेत्री एवं मोडल मरिष्का पोखरेलको साथमा स्यमं गायक कुलेन्द्र बिश्वकर्मा र संगीतकार बसन्त थापा नाचेका छन् । शिब विकले गीतको भिडियो निर्देशन गरेका हुन् भने आशिष अबिरलको संगीत संयोजन रहेको छ ।
विशेष गरी टिकटोकमा यो धेरै प्रयोग हुने गीतमा परेको छ ।

यो समाचार पनि पढ्नुहोला

इतिहास रच्यो ‘सालको पातको टपरी’ ले, छोटो समयमा करोड क्लबमा प्रवेश गर्नेे लोकगीत

सम्पूर्ण फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु