सलमानको कार्यक्रममा प्रस्तुति दिने कलाकारहरुको लाइनअप सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ९ बैशाख २०७९, शुक्रबार

काठमाडौं । आउँदो जेठ १४ गते दशरथ रंगशालामा ‘दवंग टुर नेपाल–रिलोडेड’ नामको बृहत सांगीतिक कार्यक्रमको आयोजना हुँदै छ । बलिउड अभिनेता सलमान खान यहि कार्यक्रममा नेपाल आउँदैछन् । कार्यक्रम आयोजक संस्था ओडीसीले सलमानको कन्सर्टमा प्रस्तुति दिने नेपाली कलाकारको लाइनअप सार्वजनिक गरेको छ ।

एक दर्जन बढी नेपाली कलाकारले सांगीतिक प्रस्तुति दिने भएका छन् ।
गायक–गायिकाहरु शिव परियार, सुबानी मोक्तान, सुशान्त केसी, त्रिशला गुरुङ, रोहित शाक्य, सबीर श्रेष्ठ, प्रवीणकुमार श्रेष्ठ, स्वप्न सुमन, टुनाबेल थापा र सुनिता दुलालले गायन प्रस्तुति दिने भएका छन् । अभिनेत्रीद्वय मुना गौचन र माला लिम्बुले डान्स प्रस्तुति दिनेछन् । डान्स प्रस्तुतिको लागि अझै केही कलाकार थपिने गुरुङले बताए ।

प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार प्रस्तुति दिने सबै कलाकारसँग औपचारिक सहमति समेत भइसकेको छ ।

त्यसैगरी उक्त कार्यक्रममा अर्केस्ट्रातर्फ कलंकीमा रहेको एलआरई स्कुलको प्रस्तुति राखिएको छ । उक्त विद्यालयका कलाकारले राष्ट्रिय गान लगायतका प्रस्तुति दिनेछन् ।

आयोजकमध्येका राजीव श्रेष्ठका अनुसार, १२ बजेदेखि खुला हुने रंगशालामा पहिले नेपाली कलाकारहरुको प्रस्तुति रहने छ । जब साँझ पर्ने छ, सलमान खानसहित बलिउड कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । यो कार्यक्रमका लागि सलमान तीन दिनअघि काठमाडौं आइपुग्ने छन् । पहिलो दिन साँझमात्रै काठमाडौं ओर्लिने सलमान दोस्रो दिन बिहान बलिउड कलाकार तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेका साथ हेलिकप्टरमा सगरमाथा अवलोकन गर्नेछन् । पर्वतीय उडानमा सलमान खान सगरमाथा क्षेत्रमा ब्रेकफास्ट गर्नेछन् । यो कार्यक्रमले भारतीय पर्यटक नेपालमा आकर्षित हुने आयोजकको अपेक्षा छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु