‘पानी पाए पछि’ चर्चामा

म्यूजिक खबर
प्रकाशित: २३ पुष २०७७, बिहीबार

काठमाडौं । लोकप्रिय लोकदोहरी गायिका बिष्णु माझी र भागीरथ चलाउनेको स्वरमा सजिएको ‘पानी पाए पछी’ बोलको गीत सार्बजनिक भएको केहि दिनमा नै चर्चा बटुल्न सफल भएको छ ।

सामाना शाहको शब्दलाई टपक्क टिपेर गायक स्ययम् चलाउनेले गीतको संगीत भरेका हुन् । गीतमा संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन् ।

भिडिओमा मोडल अन्जली अधिकारी र केशब श्रेष्ठको दमदार अभिनय देख्न सकिन्छ । निर्देशक सिर्जन बरालको निर्देशनमा तयार पारिएको भिडिओलाई अमृत चापागाईले सम्पादन गरेका हुन् ।

जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार पारिएको भिडिओको छायांकन राजेश घिमिरेले गरेका छन् । भिडिओलाई सामाना क्रियशन युटुब च्यानलबाट सार्बजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु