• ‘तिम्रै साथमा’ भन्दै समारिका र कुन्संग

    म्यूजिक खबर
    प्रकाशित: २४ भाद्र २०७९, शुक्रबार

    काठमाडौं । समारिका ढकाल र कुन्संग बोम्जन अभिनित म्युजिक भिडियो ‘तिम्रै साथमा’ सार्वजनिक भएको छ। सार्वजनिक रोमान्टिक शैलीको गीतमा विप्लब चापागाईं र अस्मिता अधिकारीको स्वर र केदार बरुवाल क्षेत्रिको शब्द संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज उर्गेन दोङ्गको रहेको छ।

    मुस्तांगका सुन्दर दृश्यमा छायांकन गरिएको म्युजिक भिडियोमा समरिका ढकाल र कुन्संग बोम्जनको रोमान्टिक जोडी देख्न सकिन्छ।

    केशबराज भट्टले निर्दशन गरेको म्युजिक भिडियोलाई बुद्ध थापाले खिचेका हुन्। भिडियोमा अनिता ग्वाछाको मेकअप , सुरेश काफ्लेको ड्रोन ,दिन्सोन शाहको सम्पादन देख्न सकिन्छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु