प्रेमको नाटक गरेर अर्काको जिन्दगीसँग खेल्नेलाई पनि प्रेम दिवसको शुभकामना : समिक्षा अधिकारी

म्यूजिक खबर
प्रकाशित: २ फाल्गुन २०८०, बुधबार

काठमाडौं । आज भ्यालेनटाइन डे अर्थात् प्रेम गर्नेहरुका लागि विशेष दिन । प्रेम र मानवताका पुजारी भ्यालेनटाइनले प्रेमको निम्ति मुत्युवरण गरेको दिनको सम्झनामा इटालीको राजधानी रोमबाट भ्यालेन्टाइन डे मनाउन सुरूवात भएको हो । पश्चिमी मुलुकबाट सुरूवात भएको यस दिवस नेपालमा पनि संस्कृतिको रूपमा विकास हुँदै गइरहेको छ ।

आज विहानैदेखि नेपालमा पनि भ्यालेन्टाइन सेलिब्रेसन गर्ने र सामाजिक सञ्जालमा ‘प्रेम समर्पण’ गरिएका पोष्टहरुले प्राथमिकता पाएका छन् । यहि क्रममा लोकप्रिय गायिका समिक्षा अधिकारीले पनि फेसबुकमा भ्यालेन्टाइन डे विशेष पोष्ट गरेकी छिन् । उनले प्रेमको नाटक गरेर अर्काको जीन्दगी र मनसँग खेल्नेलाई ब्यंग्यात्मक भावमा प्रेम दिवसको शुभकामना व्यक्त गरेकी छिन् । त्यस्तै उनका अनुसार – चोखो माया गर्नेहरुलाई एक दिन होइन वर्षैभरिका दिन विशेष हुनुपर्छ, प्रेममय हुनुपर्छ ।

गायिका समिक्षा अधिकारीले लेखेको पोष्ट यस्तो छ –
प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल खेल्नेहरुलाई पनि प्रेम दिबसको धेरै धेरै शुभकामना । मन देखि सच्चा सफा ईमान्दार माया गर्ने जोडिहरुको लागि त ३६५ दिन नै प्रेम दिबस हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु