समिक्षालाई भेटेर सनमले भने ‘किन मरिनँ म’ ?

म्यूजिक खबर
प्रकाशित: ७ श्रावण २०७८, बिहीबार

काठमाडौं । म्यूजिक भिडियोको अभिनयमा पाइला चाल्दै गरेकी समीक्षा क्षेत्री र सनम कठायतले अभिनय गरेको म्यूजिक भिडियो सार्वजनिक भएसँगै चर्चा पनि सुरु भएको छ । समीक्षालाई भेटेपछि सनमले किन भने ‘किन मरिनँ म’ ?

सयौं म्यूजिक भिडियोमा अभिनय गरिसकेका सनम कठायतसँगको जोडीका रुपमा समीक्षाले अभिनय गरेको गीत ‘किन मरिनँ म’ सार्वजनिक भएको छ । समीक्षाले यो भन्दा पहिला पनि केही म्यूजिक भिडियोमा अभिनय गरेकी छन् । टिकटकमा चर्चा बटुलेकी समीक्षालाई देखेर धेरैले म्यूजिक भिडियोमा खेल्नका लागि अनुरोध गर्दा पनि समय आएपछि खेल्ने बताउँदै आएकी उनले यतिबेला भने लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘किन मरिनँ म’ अभिनय गरेकी हुन् । यस गीतको शब्द संगीत रोशन सिंहको रहेको छ भने विशाल निरौलाको संगीत संयोजन रहेको छ ।

यस भिडियोको निर्देशन भने विक्रम चौहानले गरेका छन् भने सहनिर्देशन सन्तोष पोखरेलले गरेका छन् । भिडियोमा समीक्षा र सनमसँगै दिनेश कुमार कठायतले अभिनय गरेका छन् । यस भिडियोको छायाँकन उत्सव दाहालको समूहले गरेका हुन् भने मिलक विश्वकर्माले सम्पादन गरेका छन् । भिडियोलाई एभरेस्ट ग्यालरीमार्फत सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु