‘सम्झनामा तारादेवी’ कार्यक्रम सम्पन्न ! किरण खरेललाई सम्मान, नातिकाजीलाई मरणोपरान्त सम्मान

म्यूजिक खबर
प्रकाशित: १० माघ २०७६, शुक्रबार

काठमाडौं । सम्झनामा तारादेवी स्मृती फाउन्डेशनले माघ ९ गते बिहीबार राष्ट्रिय सभागृहमा ‘सम्झनामा तारादेवी’ कार्यक्रम सम्पन्न गरेको छ । स्वरकिन्नरी तारादेवी श्रेष्ठको १४ औँ पुण्य स्मृति पारेर सम्झनामा तारादेवी कार्यक्रम सम्पन्न गरेको हो ।

महानगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलद्वारा तारादेवीका प्रथम गुरु भैरवबहादुर थापाका साथमा उनको गीतमा सबैभन्दा बढी संगीत भर्ने संगीतकार नातिकाजी श्रेष्ठलाई मरणोपरान्त सम्मान गरिएको छ।

त्यसै गरी तारादेवीका सांगीतिक जीवनलाई उचाइमा पुर्याउन सबैभन्दा बढी गीत उपलब्ध गराएका गीतकार किरण खरेललाई पनि सम्मान गरियो। सम्मानका साथ जनही नगद २५ हजार १ रुपियाँ प्रदान गरिएको थियो। कार्यक्रममा गायिका ज्ञानु राणाले आफ्नो सहकर्मी तारादेवीको सम्झनामा काली पारे दाइ कति राम्रो बोलको गीत गाएकी थिइन् भने प्रेमध्वज प्रधान र तारादेवीको स्वर रहेको यो नेपाली शीर उचाली बोलको गीत आस्था कला केन्द्रका गायकगायिकाले प्रस्तुत गरेका थिए।

तारादेवीको स्वर रहेको गीत ए कान्छा विजय नारायण मानन्धर र विष्णु चेम्जोङले, अमर माया बोलको गीत जिना रसाइँलीले, आउ न आउ तिम्रो खुसी प्राश्ना शाक्यले, हिमालको काखमा छ सानो मेरो गाउँ गीता पाण्डेले प्रस्तुत गरेका थिए।

तारादेवीले ४० वर्षको अवधिमा ४ हजारजति गीत गाएर सांगीतिक क्षेत्रलाई उचाइमा पुर्याउन योगदान गरेकी थिइन्। उनले फूलको थुंगा बगेर गयो, नौ सय खोला तरेर जाने, उकाली ओरालीहरूमा, निर्दोस मेरो पछ्यौरिमा, ए कान्छा, हिमालको काखमा छजस्ता अजर र अमर गीतहरू गाएकी छिन्। सानै उमेरदेखि नै गाउन थालेकी तारादेवीको ४ गीत समावेश एल्बम ‘आफन्तको मन’ अन्तिम एल्बम हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु