पुरानै जोशमा सम्झना बुढाथोकी, ल्याइन् नयाँ तीज कोशेली ‘हाईसञ्च’

म्यूजिक खबर
प्रकाशित: २ भाद्र २०८२, सोमबार १८:४२

काठमाडौं । एक समय नेपाली सांगीतिक क्षेत्रमा तहल्का मचाएकी मोडल हुन् सम्झना बुढाथोकी । उनले सयौं गीतमा मोडलि गरेकी छिन् । ति मध्ये दर्जनौं हिट छन्, सदाबहार छन् । उनले करिअर शुरु गरे यता उनी जस्तै थुप्रै मोडल आए, गए । तरपनि सम्झनाको जोशिलो डान्सको उबेला देखी यो बेलासम्म उतिकै चर्चा र प्रंशसा हुने गरेको छ । यहि क्रममा यतिबेला उनी पुरानै जोश सहित नयाँ कोशेली लिएर आएकी छिन् । तीज गीत ‘हाईसञ्च’मा उनको लोभलाग्दो ठुम्का र अदा देख्न सकिन्छ ।

रामजी लामिछानेको निर्देशन र कोरियोग्राफीमा उनले कम्मर मर्काएकी हुन् । अजय रेग्मीले छायांकन गरेको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् ।
गीतमा गायिका शान्तिश्री परियार र खु्मन अधिकारीको स्वर रहेको छ । खुमन अधिकारीकै संगीत रहेको गीतलाई एचबिएन किस्मतले संगीत संयोजन र मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गीतमा आधुकिन युवा–युवतीको यर्थाथभाव प्रस्तुत गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु