तीज गीतहरुको प्रतिस्पर्धामा अब्बल तीज गीत ‘बहिनी नाचिन’

म्यूजिक खबर
प्रकाशित: ८ श्रावण २०७६, बुधबार

नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा, प्रतिस्पर्धात्मक ढंगले तीज गीतहरु बजारमा आइरहेको छ । तीजकै अवसरमा लोकप्रिय चर्चित गायिका सम्झना भण्डारी र हेमन्त कान्छा रसाइलीको स्वरमा ‘बहिनी नाचिन’ बोलको गीत पृथ्वी इन्टरटेन्टमेन्ट बाट बजारमा आएको छ ।

सपना रसाइलीको उत्कृष्ट शब्द संयोजनमा रहेको गीतलाई गायक हेमन्त कान्छाले संगीत भरेका छन् । यश गीतको भिडियो पनि निकैनै उत्कृष्ट बनेको छ जस्मा शिव विकको निर्देशन रहेको छ भने, ‘नवराज उप्रेतीले खिचेका हुन् ।’

भिडियोमा कलाकारहरु रेशम फिरिरि ,हेमन्त कान्छा रसाइली, विकाश राना, सम्झना भण्डारी, अस्मिता भण्डारी,एलिना ठकुरी, रुपा सुनार ९ छुच्चि नानी० लक्ष्मी भण्डारीको उत्कृष्ट अभिनय हेर्न पाइन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु