सम्राट र सौरभको “तिम्रो रुपले”मा पुरानो हिन्दी गीतको फ्लेवर ! हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: ५ भाद्र २०७५, मंगलवार

भाद्र ५, काठमाडौं । जब संगीत प्रेमी बिच संगीतका विषयमा कुराकानी हुन्छ तेस्मा बहसको एउटा विषय हुन्छ आजकाल पुराना गीत संगीतको मिठासपन हिजोआजका गीत संगीतमा पाइदैन। धेरैले गुनासो गर्छ्न पहिला जस्तो सदाबहार गीत आजकाल बन्नै छाडे । जमाना परिवर्तन भैसक्यो तर संगीत सुन्नेहरु बिच पुराना गीतहरुको मोह उस्तै छ।

संगीतमा केहि गर्छु भन्ने जोश जागर भएका दुइ दाजु भाइ सम्राट र सौरभले पनि पुराना गीतलाई नयाँपन दिएर कसरी पस्कन सकिन्छ भनेर एउटा प्रयास गरे र बन्यो गीत “तिम्रो रुपले”। यस गीतमा स्वर र म्युजिक एरेन्जमेन्ट सम्राट् न्यौपानेको रहेको छ। गीतका शब्द बिकाश सापकोटाले लेख्नु भएको हो।

सुमन श्रेष्ठले कोरियोग्राफी गर्नु भएको भिडियोमा सौरभ न्यौपाने र सुरक्षा पन्तको सुन्दर अभिनय हेर्न सकिन्छ । पवन सुसिल्ङले भिडियो खिच्नु भएको हो भने सौरभ न्यौपानेको कन्स्पेट र निर्देशनमा यो गीतको भिडियो तयार पारिएको हो।

हेर्नुहोस् भिडियो !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु