
भाद्र ५, काठमाडौं । गायक सिडि विजय अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ। ‘भर छैन तिम्रो मायामा’ बोलको गीतको म्युजिक भिडियो आज युटुब मार्फत सार्वजनिक भएको हो ।
होम बहादुर घलेले लेखेको गीतमा संगीत गायक अधिकारीकै रहेको छ । उत्सव दाहालले खिचेको भिडियोको निर्देशन लेखक घलेलेनै गरेका हुन् ।
राजु कार्की एरेन्जर रहेको गीतको भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका छन् । भिडियोमा पछिल्लो समय सर्वाधिक रुचाइएका मोडल विनु शाक्य र सनम कठायतले अभिनय गरेका छन् ।
हेर्नुहोस् भिडियो !