सन्दिप न्यौपाने र सम्झना भण्डारीको ‘सान्बाबु’

म्यूजिक खबर
प्रकाशित: २२ फाल्गुन २०७७, शनिबार
Sandip Neupane

काठमाडौं । लोकप्रिय गायक सन्दिप न्यौपानेको शब्द र संगीत सिर्जनामा पछिल्लो समयमा बजारमा आएको गीत हो ‘सान्बाबु’ । ‘सान्बाबु’ गीतमा गायिका सम्झना भण्डारी र गायक सन्दिप न्यौपानेको स्वर रहेको छ । यस गीतको सहगायनमा गोविन्द अनेक, सुनितामी परियार, विमला परियारले साथ दिएका छन् । सुदिप सागरको संगीत संयोजन रहेको गीत गायक सन्दिप न्यौपानेको लालुमैपछिको निकै आशा लिइएको गीतको रुपमा लिइएको छ ।

यस गीतको म्यूजिक भिडियोमा पछिल्लो समयका चर्चित जुम्ल्याह जोडी स्मारिका र समारिकासँगै गायक सन्दिप न्यौपानेको अभिनय तथा नृत्य रहेको छ । भिडियोको कोरियोग्राफर एवं निर्देशक भने प्रकाश भट्ट हुन् । अमर सुनार यस भिडियोको एसिस्टेन्ट कोरियोग्राफर हुन् । नवराज उप्रेतीको छायाँकन रहेको यस गीतको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । भिडियो शिव हमालको यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो ।

भिडियोको बारेमा मिडियामा कुरा गर्दै गायक सन्दिप न्यौपानेले लालुमै जस्तै सबैले माया गरिदिने विश्वास लिएको बताए । त्यस्तै गायिका सम्झना भण्डारीले ‘सान्बाबु’ गीतले करोडौं स्रोताहरुको मन जित्नेमा ढुक्क रहेको बताए ।

त्यस्तै मिडियासँगकै कुराकानीमा निर्देशक प्रकाश भट्टले आफ्ना हरेक सिर्जना उत्तिकै मेहनतका साथ भएको बताउँदै ‘सान्बाबु’मा झनै मेहनत गरेको कारण झन् चुनौतिपूर्ण भएको बताए । त्यसैगरी स्मारिका र समारिकालाई महंगो, अफ्ठ्यारो कलाकार भन्दै नकारात्मक हल्ला फिजाउनेहरुले कमी नभएको बताउँदै उनीहरु प्रतिभा भएकाहरुलाई सम्मान गर्न नजान्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु