‘गुनगुन’ को दोस्रो गीत सार्वजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १३ कार्तिक २०७५, मंगलवार

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुनगुन’ को दोस्रो गीत सार्वजनिक भएको छ । सामाजिक कथामा आधारित चलचित्र ‘गुनगुन’को दोस्रो गीत रिलिज गरिएको हो ।

सार्वजनिक ‘चम्क्यो तारा चमक्क’ बोलको गीतमा प्रदीप भट्टराई शब्द, विकास चौधरीको संगीत र मेलिना राई तथा दौलत राइको स्वर छ । गीतको भिडियोमा सञ्चिता लुइँटेल र सन्नी ढकाल फिचर्ड छन् ।

गीतलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् भने सौरभ लामाले छायांकन गरेका छन् । चलचित्रमा सञ्चिता र सन्नीसँगै निर्देशक तथा निर्माता पुकार भट्टराई, नायक सुवास मेचे रविन्द्र प्रताप सेन, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाललगायतको अभिनय छ ।

कात्तिक ३० मा चलचित्र प्रदर्शन हुँदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु