• ‘गल्ती थियो मेरै’ मा सन्चिताको जीवन्त अभिनय

    म्यूजिक खबर
    प्रकाशित: ८ आश्विन २०७८, शुक्रबार

    काठमाडौँ । गायक शितल गुरुङ र गायिका तुलसी घर्तिको स्वरमा सजिएको गीत ‘गल्ती थियो मेरै’ को भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ।

    दामोदर खनाल ‘सुधिर’को शब्द रमेश परियारको संगीत र डोलराज बाह्रघरे मगरको एरेन्ज रहेको छ । मारुनी डिजीटल स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका हुन् भने सुमन राना र खुमन राना गीतका रेकर्डिष्ट हुन् ।

    गीतले माया प्रेम र विरहलाई नजिकबाट केलाएको छ । भिडियोमा लोकप्रिय मोडल सन्चिता शाही, अमित तिवारी र शिशिर पौडेलकोे अभिनय रहेको छ ।

    गीतमा धोकेवाज प्रेमीको यादमा सन्चिताको जीवन्त अभिनय देख्न सकिन्छ । दामोदर खनालको प्रस्तुती रहेको गीत र भिडियो निकै मार्मिक छ ।

    स्मृती तिमिल्सिना ‘गुरुआमा’ को निर्देशन रहेको गीतको भिडियोको सम्पादन र कलर प्रकाश धमलाले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठले गरेका हुन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु