सन्दिप र शान्तिश्रीको स्वरमा ‘मुटुमा बसेकी मायालाई’ सार्वजनिक, भिडियोमा पल र आशाको जोडी

म्यूजिक खबर
प्रकाशित: २६ पुष २०८०, बिहीबार

काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा ‘मुटुमा बसेकी मायालाई’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा नन्दु परियारकोे लय तथा शब्द सृजना रहेको छ । चर्चित गायिका शान्तिश्री परियार र सन्दिप न्यौपानेको सुमधुर आवाज रहेको गीतमा मायाप्रेमको भावलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ । बिश्वास नेपालले संगीत संयोजन गरेको गीतको मिक्सिङ तथा मास्टरिङ भने एचबिएन किस्मतले गरेका हुन् ।

उक्त गीतको भिडियोलाई गायक सन्दिप न्यौपानेको अफिसियल च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

अभिनेता पल शाह र आशा पौडेलको अभिनय तथा नृत्य रहेको छ । त्यस्तै नारद बस्नेत र जुरी ठाकुरलाई पनि भिडियोमा देख्न सकिन्छ । पछिल्लो पुस्ताका व्यस्त निर्देशक काजिश श्रेष्ठको निर्देशन तथा प्रशान्त मगरको सहनिर्देशनमा भिडियो तयार भएको हो । भिडियोमा पवन सुस्लीङको छायांकन, दिपक विष्टको सम्पादन र राजेन्द्र मोक्तानले कलरिङ गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु