
काठमाडौं । लोकप्रिय गायिका संगम लामिछाने पछिल्लो गीत ‘सुन्तली जोवन छल्कियो’ बजारमा आएको छ । सार्वजनिक भएको छोटो समयमा नै चर्चा बटुल्न सफल भएको ‘सुन्तली जोवन छल्कियो’ गीतमा गायिका संगम लामिछाने र गायक सन्दिप सेन्चुरीको स्वर रहेको छ । सन्दिप सेन्चुरीको शब्द र संगीत रहेको ‘सुन्तली जोवन छल्कियो’ को संगीत संयोजन भने एचबीएन किस्मतले गरेका हुन् ।
‘सुन्तली जोवन छल्कियो’ गीतमा जवानीका कुराहरु समावेश गरिएको छ । डान्सिङ बिटमा तयार गरिएको यस गीतको संगीतकार पछिल्लो समयका चर्चित गीत द¥याम द¥याम गीतका संगीतकार समेत हुन् । गीतलाई पछिल्लो समयको माग अनुसार स्टेजहरुमा प्रस्तुत हुने शैलीमा तयार गरिएको छ ।
‘सुन्तली जोवन छल्कियो’ गीतको भिडियोमा ओबी रायमाझी र सञ्चिता बोलखेको अभिनय रहेको छ । विनोद भण्डारीको निर्देशन रहेको यस गीतको प्रशान्त मगरको कोरियोग्राफी रहेको छ । नवराज उप्रेतीको छायाँकन रहेको गीतमा ‘सुन्तली जोवन छल्कियो’ को भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । गीतको भिडियो संगम लामिछानेको अफिसियल यूट्युबबाट सार्वजनिक भएको छ ।
गायिका संगम लामिछानेका यसभन्दा अघि पनि दर्जन गीत बजारमा आएका छन् । धनै ठूलो होला कि मनै ठूलो होला, ए गौरी, हे मेरो सानु, मेरी मुना, डल्ली रेशम, क्या राम्री ओहो नि जस्ता गीतहरु उनको चर्चित गीतहरु हुन् । भर्खरै मात्र ए गौरी गीतबाट १२ औं म्यूजिक खबर म्यूजिक अवार्ड पाउन सफल भएकी गायिका लामिछाने सारङ्गी रोधी क्लब संचालन गर्दै आएकी छन् ।