संगम र बद्रीको स्वरमा ‘ए गौरी’, भिडियोमा अञ्जली, बिमल, रिया र दिपक

म्यूजिक खबर
प्रकाशित: १४ माघ २०८०, आईतवार

काठमाडौं। चर्चित लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरी’ सार्वजनिक भएको छ । बद्री सापकोटा र संगम लामिछानेको स्वर रहेको गीतमा कृष्ण लामिछानेको शब्द तथा बद्री सापकोटाको संगीत रहेको छ । त्यस्तै गीतमा बिनोद बाजुरालीले संगीत संयोज गरेका छन् ।

गीतको भिडियोमा अञ्जली अधिकारी, बिमल अधिकारी, रिया खड्का र दिपक पौड्यालको अभिनय रहेको छ । गीतको भिडियोलाई संगम लामिछाने युटुब च्यानल बाट सार्बजनिक भएको छ । मौसम हिमाली को निर्देशन रहेको गीतको भिडियो नवराज उप्रेतिले खिचेका हुन्।

रामेछाप जिल्ला स्थाई घर भएकी बहुचर्चित काठे गीत हे मेरो सानु कि गायिका संगम लामिछाने काठ क्षेत्रकी बहुत चर्चित गायिका हुन । काठ क्षेत्र मात्र नभएर पश्चिमि गीत सम्म गाउन खप्पिस गायिका लामिछानेले यसपालि भने पश्चिमि गीत बजारमा ल्याएकी हुन् । बहुचर्चित गीत बस बस पियारि का संकलक तथा गायक बद्री सापकोटा संगको सहकार्यमा झ्याउरे गित ए गौरि गायिका संगम लामिछाने ले सार्वजनिक गरेकी हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु