चर्चित गायक सञ्जय चौधरीको नयाँ थारु गीत ‘घरपाला मोद’ सार्वजनिक भएको छ ।
सेविल इन्टरटेनमेन्ट युट्युव च्यानलमार्फत गीत सार्वजनिक गरिएको गीतमा दुई साथीबीच लामो समयपछि भेटघाट गर्ने क्रममा गरिने रमाइलो खानपानलाई उठान गरिएको छ ।
यस गीतमा शब्द र संगीत पनि गायक सञ्जय चौधरीकै रहेको छ । ड्रिम्स स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतलाई गणेश चौधरीले एरेञ्ज गरेका छन् । यस गीतको भिडिओलाई पनि आकर्षक बनाइएको छ ।
हिरा चौधरीले निर्देशन गरेको भिडिओमा चर्चित थारु मोडल मुस्कान चौधरी, निर्देशक सुरेश चौधरी, गायक तथा मोडेल रोहित सिंह चौधरीको अभिनय रहेको छ । भिडिओलाई सुरेश चौधरीले नै सम्पादन गरेका छन् ।
यस गीतलाई लोकेन्द्रराज चौधरीले प्रस्तुत गरेका छन् भने निर्माता अरुण आर्यन चौधरी रहेका छन् । गायक चौधरीले लामो समय पश्चात थारु गीत बजारमा ल्याएका हुन् । उनले स्वर दिएको ‘गल्ती छैन मेरो’ र ‘हिजो आज’लगायत पप गीतहरू चर्चित छन् ।