यसरी पोल खोले गायक सञ्जीव पराजुली र गायिका टीका प्रसाई (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: २९ बैशाख २०७६, आईतवार

गीतसंगीतले चिनाएको जोडी हो गायक सञ्जिीव पराजुली र गायिका टीका प्रसाई । हुन त गायिका टीका प्रसाईं गीत नचल्दा बजारमा चर्चा नपाएकी गायिका हुन् तर उनका गीतहरु बाँच्ने खालका छन् । राम्रा सिर्जना भए पनि नाच्ने खालका सिर्जना नभएका कारण उनको चर्चा कम भएको थियो । सांगीतिक यात्राकै क्रममा अष्ट्रेलियामा कर्म गर्दै आएका गायक सञ्जिव पराजुलीसँगको भेटपछि उनका गीतहरुले चर्चा पाए । हुन त सञ्जीव पनि संगीतका राम्रा विद्यार्थी हुन् । केही गीतहरु रेकर्ड भएका भए पनि उनी पनि चलेका थिएनन् । तर उनीहरु दुईको भेटपछि नाइँ मलाई थाछैन गीतले राम्रो सफलता पायो । एकपछि अर्को गीत सफलता पाएपछि उनीहरु यतिबेला निकै चर्चामा रहेका छन् ।

सांगीतिक क्षेत्रमा यतिबेला यी दुईको चर्चा शिखरमा नै छ । पारिवारिक रुपमा यी जोडी हैनन् तर सांगीतिक रुपमा यिनीहरुको केमेस्ट्री मिलेको छ । त्यसैले कहिले कर्के नजर त कहिले नाइँ मलाई था छैन, तिमी मलाई पन पर्छ होस् या पहिलो भेटैमा उनीहरुको चर्चित गीतहरुमध्ये पर्छन् ।

गायिका टीका प्रसाईं र गायक सञ्जीव पराजुलीसँग म्यूजिक खबरका लागि किस्ना आचार्य रोशनीले गरेको कुराकानी:

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु