• गायिका सन्जु न्यौपानेलाई सुदूरपश्चिम कलाकार समाजको सम्मान

    म्यूजिक खबर
    प्रकाशित: १८ पुष २०८१, बिहीबार

    काठमाडौंं । सुदुरपश्चिम कलाकार समाजले आयोजना गरेको पुष १५ बिशेष सास्कृतिक कार्यक्रममा गायिका सन्जु न्यौपानेलाई सम्मान प्रदान गरिएको छ । काठमाडौंको कमलादि स्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा सम्पन्न भएको उक्त कार्यक्रममा गायिका न्यौपानेलाई गीतसंगीत क्षेत्रमा पु¥याएको योगदान स्वरुप सम्मान गरिएको हो ।

    कार्यक्रममा नेपाल सरकारका सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो भने प्रतिष्ठित गायक नन्दकृष्ण जोशीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम सुदूरपश्चिम कलाकार समाजका अध्यक्ष सुरेश बोहराको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमलाई उमाशंखर जोशीले संचालन गरेका थिए । कार्यक्रममा सुदुरपश्चिमका चर्चित गायक गायिकाहरु रेखा जोशि , गौरि भट्ट लगायतका अन्य कलाकार हरुको बाक्लो उपस्थिति रहेको थियो ।
    गायिका न्यौपानेले सम्मानित भएपछि कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति समेत दिएकी थिइन् । उनको लाहुर, चाँदी कहाँ होला, लामो कपाल, गल्याङ बजारमा लगायतका गीतहरु चर्चित छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु