सन्तोषले ल्याए ‘मेरी आमा’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १ फाल्गुन २०७५, बुधबार

काठमाडौं । स्रोता/दर्शकमाझ गायक सन्तोष परियारको स्वरमा रहेको गीत ‘मेरी आमा’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमबीच लामो समयदेखि सङ्गीतमा सक्रिय हिमाँशु रायमाझीको शव्द, सन्तोष कै सङ्गीत र प्रश्न परियारको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सङ्गीकार राजु सिंहको प्रमुख आतिथ्यतामा सार्वजनिक गीतको भिडियो सन्देश मुलुक रहेको अतिथिहरुले बताएका थिए । दिलिप समनको निर्देशन रहेको गीतको भिडियोमा रश्मि भट्ट, स्याम रोक्का, विशाल थापा, हिमाँशु रायमाझी र सन्तोष परियारको अभिनय रहेको छ । फराज अर्पणको छायाँकन÷सम्पादन रहेको भिडियो व्यवस्थापन बिक्रम तामाङले गरेका छन् ।

यो भन्दा अघि गायक सन्तोष परियारको महल र यो जुनीमा गीतले चर्चा पाएका थिए । रायमाझीले पनि चर्चित गायक कमल खत्री र नेपाल आईडल बुद्ध लामाको स्वरमा आफ्नो गीत निकाली सकेकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु