• एकल साँझ गर्दै सन्तोष श्रेष्ठ

    म्यूजिक खबर
    प्रकाशित: ५ पुष २०७०, शुक्रबार

    काठमाडौं, ५ पुस । आजभोलि एकल साँझको बाढी नै चलिरहेको देखिन्छ । विशेषगरी केही गायक गायिकाहरुमा मात्र सीमित रहेको एकल साँझको कार्यक्रममा आजभोलि सबै विधाका धेरै कलाकारहरुले आफ्नो एकल प्रतिभालाई देखाउन थालेका छन् । त्यसै सिलसिलामा आगमी माघ २१ गतेका दिन संगीतकार गायक सन्तोष श्रेष्ठले एकल साँझ गर्ने भएका छन् ।
    राप्ती साहित्य परिषद्को मुख्य कार्यालयको निर्माण सहयोगार्थ गरिन लागेको सन्तोष श्रेष्ठ एकल साँझ दाङमा आयोजना हुन लागेको हो । दाङकै स्रष्टा भएका कारण राप्ती साहित्य परिषद्को भवन निर्माणमा सहयोग पु¥याउने उद्देश्यले सन्तोष श्रेष्ठले आफूले संगीत गरेका करिब एक दर्जन भन्दा बढी गीतहरुलाई एकल साँझका माध्यमले प्रस्तुत गर्ने भएका छन् । एकल साँझमा सन्तोष श्रेष्ठले आफूलाई चर्चामा ल्याउन सफल रहेका गीतहरु तिम्ले पराइ ठानेपछि, आउँछु भनी निष्ठुरीले, परेलीको वर्षात्ले, तिम्ले भुल्न सके पनि जस्ता चर्चित गीतहरुलाई गाउने भएका छन् ।

    santosh shrestha night
    पछिल्लो समयमा चर्चित संगीतकारको सूचिमा देखिएका सन्तोष श्रेष्ठले सुगम संगीतको क्षेत्रमा नौलो आयाम ल्याइदिएका थिए । तिम्ले पराई ठानेपछि गीत संगीतकार श्रेष्ठको जीवनमा कोसेढुंगा सावित भएर देखा प¥यो । जुन गीतबाट पुनः एकचोटी सुगम संगीतको क्षेत्रलाई उथलपुथल बनाइदियो भन्दा फरक पर्दैन । उनको उक्त गीतबाट सुरु भएको सुगसंगीतको लहर अहिलेसम्म जारी छ । लोकदोहोरी माहौललाई उछिन्दै अघि बढेको सुगम संगीतको बाढी अहिले प्राय सबै लोकगीतका स्रष्टाहरुको पनि क्षेत्र बनिरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु