संगीतको बजार बिग्रिएको छैन: संगीतकार सन्तोष श्रेष्ठ

म्यूजिक खबर
प्रकाशित: १३ माघ २०७०, सोमबार

काठमाडौं, १३ माघ । हाम्रो संगीतको बजार बिग्रियो भनेर संगीतकर्मीहरुको गुनासो बढिरहेका बेला संगीतकार सन्तोष श्रेष्ठले भने संगीतको क्षेत्र नबिग्रिएको बताएका छन् । संगीतकार श्रेष्ठले संगीतको क्षेत्र नबिग्रिएको बरु यसलाई कमाइखानेहरुले बिगारेको बताएका छन् । सम्पूर्ण संगीतकर्मीहरुलाई संगीतकै काममा फुर्सद नभएको बेला कसरी संगीत उद्योग बिग्रन्छ भन्ने उनको प्रश्न थियो । राजधानीमा भएको एक एल्बम विमोचन कार्यक्रममा बोल्दै संगीतकार श्रेष्ठले संगीतकार, एरेन्जर, स्टुडियो सबैलाई भ्याइनभ्याइ भइरहेको बेला कसरी संगीतको बजार बिग्रन्छ ? उनको प्रश्न थियो । बजारमा सिडी बिक्री नभए पनि सम्पूर्ण संगीतकर्मी र गायक गायिकालाई भ्याइनभ्याइ भइरहेको छ भने बिग्रिएको भन्न मिल्दैन बरु संगीतको क्षेत्र विस्तार भएको छ, श्रेष्ठले भने । प्रविधिको विकाससँगै हाम्रो संगीतको क्षेत्र पनि विकास भएको बताउँदै श्रेष्ठले संगीतकर्मीहरुमा नै नकारात्मक सोच भएका कारण यो क्षेत्रले सोचेको उपलब्धी गर्न नसकेको आरोप लगाए ।

padam buda
सोही कार्यक्रममा उत्पादक संघका अध्यक्ष एवं कर्णाली इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक समेत रहेको पदम बुढाले संगीतको क्षेत्रमा केही सुधार नआउनुको पछाडि राज्यले गरेको वेवास्ता हो भने । बुढाले संगीत क्षेत्रमा प्रविधिको विकाससँग आफूहरु जान नसकेको बताउँदै विगतमा दिनमा गरिएको पाइरेसी विरुद्धको आन्दोलनले सोचेको भन्दा धेरै गरे पनि पूर्णता भने पाउन नसकेको स्वीकार गरे । बुढाले राज्यको तर्फबाट वेवास्ता गरिएको बताउँदै पछिल्लो समयमा आएको रिङ्गब्याक टोन (सिआरबिटी)को पद्धतिलाई नेपाल टेलिकमले सोचेजस्तो बनाउन नसकेको आरोप लगाए । संगीत नै बिक्री गर्ने व्यावसायीकै रुपमा चिनिएका पदम बुढाले राज्यले संगीत क्षेत्रलाई कहिल्यै पनि सकारात्मक रुपमा नलिएको बताए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु