• अनाम प्रत्यक्ष गजल गायनमा गुन्जिए सन्तोष श्रेष्ठ, सुवेदी र किरणलाई सम्मान

    म्यूजिक खबर
    प्रकाशित: ३० असार २०८२, सोमबार ०२:४८

    काठमाडौं । सांगीतिक क्षेत्रमा सन्तोष श्रेष्ठका धेरै परिचय छन् । उनी राम्र संगीतकार हुन् । राम्रो गायक पनि हुन् र राम्रो लेखक समेत । सांगीतिक क्षेत्रमा विशिष्ट उचाइ कायम गरेका श्रेष्ठ हिजो शनिबार गजल गायनमा देखा परे । अनाम मण्डलीकाे आयोजनामा “अनाम प्रत्यक्ष गजल गायन २०८२” मार्फत गजल गायनमा उत्रिएका हुन् । वरिष्ठ गजलकार डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा गायक श्रेष्ठले प्रत्येक गजलकारलाई साथमा राखी गजल प्रस्तुत गरेका थिए ।

    कार्यक्रमकाे सुरुवातमा अनाम मण्डलीका संस्थापक गजलकार सुरेश सुवेदी गजलकार प्रभात किरणलाई सम्मान गरिएको थियोे ।
    गायक श्रेष्ठले कार्यक्रमकाे शुभारम्भ गर्नुपूर्व आदिकवि भानुभक्त आचार्यलाई स्मरण गर्दै “एकदिन नारद सत्य लोक पुगिगया”वाचन गरेका थिए । गायक श्रेष्ठलाई गितारमा राजकुमार समाल, बाँसुरीमा धनबहादुर गुरुङ र तबलामा रमेश डंगोलले साथ दिएका थिए । गायक श्रेष्ठले घनश्याम पथिककाे औंसी बनेर कालाे ढल्किन्छ रात मेराे, सुरेश सुवेदीको तिमी आँसुका नागबेलीहरुमा, रश्मी असफलकाे सधैं दिलको महल झलमल गरि राख्नु , जय गौडेलकाे जुधएर मेरा नजर ति नजरमा – प्रेमिल, प्रभाती किरणकाे पराई मन धरी मन आफ्नो बनायौ ख्यालख्यालैमा , ज्ञानु बिद्रोहिकाे फोटो चुमेर तिम्रो, रुपक अलंकारकाे नयनमा पोखरी तिम्रो मलाई पौडिने मन छ प्रस्तुत गरेका थिए ।
    गायन कार्यक्रम पश्चात बाेल्दै प्रमुख अतिथि डा.कृष्णहरि बरालले गजल लेखन ईष्लाम धर्म शुरु हुनुअघि अरबबाट शुरु भएको बताएका थिए । गजल गायन त्यति प्रचलनमा छैन . आशु गायनबाट शुरु भयो डा. बरालले भने । गजल गाउन, लेख्न सजिलो होला तर गजलको मास्टर बन्न गार्‍हो छ बरालले भने- “अब गजलको गायनमा धेरै विकास भइसकेको छ ।” सैद्धान्तिक अवधारणा अपनाएर गजल लेख्नसमेत उनलेे आग्रह गरे । नेपाली गजलमा नेपाली लोकलयको मिश्रण भएको पाइन्छ । क्लासिकल, लोक पपमा समेत गजल प्रस्तुत गर्नृ सकिन्छ । आज लो र आधुनिक शैलीमा गजल प्रस्तुत गरियो । थोरै क्लासिकल र थोरै लोकबाट गजल अगाडि बढेको बताए । डा. बरालले गायक सन्तोष श्रेष्ठ र गजलकार घनेन्द्र ओझाकाे गजल स्वर्ण दशक अभियानलाई शुभकामना समेत दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु