ट्रेण्डिङमा शिखर सन्तोष र शुष्मा पुर्णिमाको ‘पिरतीमा’

म्यूजिक खबर
प्रकाशित: १७ जेष्ठ २०७६, शुक्रबार

शुष्मा पुर्णिमा अर्याल र शिखर सन्तोषको स्वरमा रहेको गीत ‘पिरतीमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सन्तोष तिमल्सिनाको शब्द, शिखर सन्तोषको सङ्गीत र गोपाल रसाइलीको एरेन्ज रहेको र गीतको भिडियो सरोज अधिकारीको निर्देशनमा कार्टुन क्रुज जुनियर र बिजय अधिकारी (बन्नी) लाई फिचरीङ गरिएको छ । आश्मा बिश्वकर्मा र सरोज अधिकारीको कोरियोग्राफी र ज्ञानेंद्र शर्मा हुमागाईंको छायाँकन र लाक्पा डी लामाको सम्पादन रहेको छ ।

यो समाचार तयार पार्दाको समयमा गीत यतिबेला युट्युव ट्रेण्डिङको १८ औं स्थानमा रहन सफल भएको छ । गीतले राम्रो प्रतिक्रिया पनि पाएको छ ।

आदित्यनारायणको पहिलो आधुनिक गीत (भिडियोसहित)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु